टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू) « Khabarhub

टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी स्रोत सफा गर्ने उद्देश्यले फोहर पानी प्रशोधन केन्द्र निर्माणको काम अघि बढाइएको छ ।

नेपाल सरकार, शहरी विकास मन्त्रालयअन्तर्गत बागमती सभ्यता एकीकृत विकास उच्चस्तरीय समितिमार्फत बागमती नदी बेसिन सुधार आयोजना–अतिरिक्त वित्तीय सहयोग अन्तर्गत यो परियोजना सञ्चालनमा छ । 

एशियाली विकास बैंकको ऋण सहयोगमा करिब १ अर्ब ५२ करोड रुपैयाँ लागतको यो आयोजना ८ जुन २०२२ मा सुरु भई ५ जुन २०२५ सम्म सम्पन्न हुने लक्ष्य राखिएको छ, साथै ५ वर्षको सञ्चालन सेवा अवधि तोकिएको छ । 

परियोजनाको ठेक्का पासवन्त-कालिका एसएनईटी-जेभीले लिएको छ भने परामर्शदाता ईपीटीआईएसए सर्भिसियस डे ईन्जेनिया एस.एलसहितको संयुक्त टोली रहेको छ । 

केही दिनअघि शहरी विकासमन्त्री कुलमान घिसिङले टुकुचा खोला फोहर पानी प्रशोधन केन्द्रको आयोजनास्थलको निरीक्षण गरेका थिए ।

 तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ११ : ५९ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन