सुदूरपश्चिममा भुवा पर्वको रौनक : आज प्रदेशभर सार्वजनिक बिदा « Khabarhub

सुदूरपश्चिममा भुवा पर्वको रौनक : आज प्रदेशभर सार्वजनिक बिदा


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने घोषणा गरिएको हो ।

विशेषगरी, बाजुरा, बझाङ र अछाममा विशेष महत्वका साथ मनाइने यो पर्व द्वापरयुगसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार पाण्डव र कौरवबीचको धर्मयुद्धमा पाण्डवहरूले प्राप्त गरेको विजयको खुसियालीमा यो पर्व मनाउने गरिन्छ । यस पर्वमा प्रदर्शन गरिने भुवा नाचलाई वीरताको प्रतीकका रुपमा लिइने शुक्लाफाँटा नगरपालिका–११ का पूर्ववडाध्यक्ष दिलबहादुर बुढाले बताए। 

उनका अनुसार पछिल्लो समय पहाडी जिल्लाबाट तराईतिर बसाइँसराइ गर्नेक्रम बढेसँगै यो पर्वको रौनक कैलाली र कञ्चनपुरमा पनि निकै बढेको छ । धनगढी, महेन्द्रनगरलगायत सहरी क्षेत्रमा पहाडी जिल्लाको मौलिकता झल्किने गरी भुवा नाच र देउडा खेलको विशेष आयोजना गरिँदै आएको छ । यस पर्वले पहाड र तराईबीचको सांस्कृतिक एकतालाई बलियो बनाएको बुढाले बताए।

‘भुवा पर्व केबल मनोरञ्जन मात्र नभई यो एक सैन्य अभ्यास र ऐतिहासिक गाथाको सङ्गालोका रुपमा रहेको छ’, उनले भने, ‘यो पर्व पुस कृष्ण औँसीको अघिल्लो दिनदेखि सुरु भई तीनदेखि पाँच दिनसम्म उल्लासपूर्वक मनाइन्छ ।’

उनका अनुसार पुरुषले परम्परागत लुगा (सेतो जामा र पगरी) लगाएर हातमा तरबार र ढाल लिइ सामूहिक रूपमा युद्धकला कौशल प्रदर्शन गर्छन् ।

‘गाउका बासिन्दाले एकैठाउँमा भेला भई राति आगो बालेर जाग्राम बस्ने र महाभारतकालीन पौराणिक गाथाहरू गाउने चलन रहेको छ’, बेलडाँडीका टेकबहादुर साउदले भने, ‘यस पर्वले समाजमा भाइचारा, एकता र वीरताको सन्देश प्रवाह गर्दछ ।’

 प्रदेश सरकारले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले विगतका वर्षदेखि नै यस पर्वमा बिदा दिँदै आएको छ । 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १२ : ०७ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ