एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक « Khabarhub

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । 

‘कुकिङ उईथ प्यासन’ नारासहित ल्याइएको यस अभियानले किचनमा उत्कृष्ट प्रदर्शन र क्रिकेटको रोमाञ्चक उत्साहलाई एकैसाथ जोडेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार यस विशेष योजनाअन्तर्गत एलिकाका चिम्नी तथा किचन अप्लायन्स खरिद गर्ने ग्राहकहरूले मुम्बईको वानखेड़े स्टेडियममा आयोजना हुने नेपालको आईसीसी टी–२० विश्वकप खेलको टिकट जित्ने अवसर प्राप्त गर्नेछन् । साथै, विजेताले ४ रात / ५ दिनको पूर्ण मुम्बई भ्रमण प्याकेज पनि निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले एलिका [स्पेस] वारेन्टी कार्ड नम्बर [स्पेस] उत्पादनको नाम [स्पेस] ग्राहकको नाम [स्पेस] ठेगाना टाइप गरी ३१००३ नम्बरमा एसएमएस पठाउनुपर्नेछ ।  

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १ : ०५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण