शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने « Khabarhub

शीतलहरबाट आठ हजार परिवार प्रभावित हुने


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने जनाएको छ । 

स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न शीतलहर पूर्व तयारी तथा प्रतिकार्य योजना बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए । 

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको शीतलहर पूर्व तयारी योजना अनुसार भीमदत्त नगरपालिकामा एक हजार ३५०, बेदकोट नगरपालिकामा एक हजार २५०, शुक्लाफाँटामा एक हजार ५५०, कृष्णपुर नगरपालिकामा नौ सय, बेलडाँडी गाउँपालिकामा आठ सय ८०, पुर्नवास नगरपालिकामा आठ सय ५०, दोधारा चाँदनी नगरपालिकामा आठ सय ५०, बेलौरी नगरपालिकामा पाँच सय र लालझाडी गाउँपालिकामा सात सय ४५ परिवार शीतलहरबाट प्रभावित हुन सक्ने अनुमान गरिएको उनले बताए । 
 
प्रतिकार्य योजनामा शितलहर प्रभावितलाई राहत उपलब्ध गराउने र विशेषगरी बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता, सुत्केरी तथा गर्भवतीलाई प्राथमिकता दिइने, विपद्को समयमा स्थानीय तह, दातृ निकाय, सहयोगी संस्था तथा नागरिक समाजबीच समन्वय कायम गर्ने उक्त योजनामा उल्लेख छ । 

त्यसैगरि जाडोयाममा हुनसक्ने स्वास्थ्य सम्बन्धि समस्यालाई कम गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र स्वास्थ्यकर्मी तथा औषधी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्रजिअ ढकालले बताए । रासस
 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १ : ५९ बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल