दुई बजेलाई सारिएको बैठकमा पौने तीन बजे पुगे ओली, बाजा बजाएर स्वागत « Khabarhub

दुई बजेलाई सारिएको बैठकमा पौने तीन बजे पुगे ओली, बाजा बजाएर स्वागत


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक दुई घण्टा ढिलो गरी सुरू भएको छ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्याङ्केट बबरहमहलमा बस्ने गरी डाकिएको थियो । तर अध्यक्ष केपी शर्मा ओली व्यस्त भएको भन्दै बैठक २ बजेलाई सारिएको थियो ।

तर २ बज‍ेलाई सारिएको बैठकमा अध्यक्ष ओली दिउँसो पौने ३ बजे मात्रै पुगेका छन् । उनी कार्की पार्टी प्यालेसमा पुग्दा बाजा बजाएर स्वागत गरिएको छ ।

एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीसहितको ३०१ सदस्यीय केन्द्रीय कमिटीको बिहीबार नै भृकुटीमण्डपमा शपथ भइसकेको छ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : ४७ बजे

सल्लाहकारको पछि लाग्दा देउवाको मान-सम्मान गुम्दै : छवि लामा

दोलखा– नेपाली कांग्रेस दोलखाका पार्टी उपसभापति एवं वैतेश्वर गाउँपालिका अध्यक्ष

धवलशम्सेरको पार्टीले राजसंस्था र हिन्दु अधिराज्यका पक्षमा हस्ताक्षर संकलन गर्ने

काठमाडौं– धवलशम्सेर राणा नेतृत्वको प्रस्तावित जय नेपाल पार्टीले संवैधानिक राजसंस्था

दुर्गा प्रसाईंको घरमा प्रहरीको खानतलासी

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेको छ

अघिल्लो आर्थिक वर्षमा बैंक र जलविद्युत सकारात्मक, होटेल र बीमा क्षेत्र सुस्त

काठमाडौं– गत आर्थिक वर्षमा अर्थतन्त्रका मुख्य क्षेत्रको वित्तीय अवस्था मिश्रित