नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण « Khabarhub

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु भएको घटनापछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले औपचारिक रूपमा माफी मागेको छ । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सकको कमजोरीबाट शिशुको परिवारमा पर्न गएको पीडाप्रति क्षमायाचना गरेका हुन् ।

अस्पतालका अनुसार मिति २०८२ ०५ २४ गते पेट दुखाइ भएपछि ती गर्भवती महिलालाई अस्पतालको लेबर कक्षमा भर्ना गरिएको थियो । मिति २०८२ ०५ २५ गते गर्भ खस्ने क्रममा गर्भमा रहेको शिशुमा मुटुको चाल र सासप्रश्वासको कुनै संकेत नदेखिएको जानकारी दिँदै शिशुलाई मृत अवस्थामा परिवारलाई हस्तान्तरण गरिएको थियो ।

तर शिशु हस्तान्तरण गरिएको करिब ४ घण्टापछि शिशुमा जीवनको संकेत देखिएको भन्दै परिवारले पुनः अस्पतालमा भर्ना गरी उपचार गराएका थिए ।

उपचारकै क्रममा मिति २०८२ ०५ २९ गते उक्त शिशुको पुनः मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गर्भवती महिला अस्पताल आइपुग्दा पाठेघरको पानीको थैली फुटिसकेको अवस्था थियो र गर्भ २३ हप्ताको मात्र पुगेको थियो । 

नवजात शिशुको तौल ६१७ ग्राम मात्र रहेको, मुटुको चाल अत्यन्त कमजोर रहेको तथा आमामा ज्वरो र रातारात संक्रमणका लक्षण देखिएको कारण गर्भ जोगाउन सम्भव नभएको अस्पतालको भनाइ छ । आमाको ज्यान जोगाउन अपरिहार्य गर्भपतनको प्रक्रिया अपनाइएको अस्पतालले प्रस्टीकरण दिएको छ । 

अस्पतालले शिशु जन्मिँदा कुनै जीवन संकेत नदेखिएको, गर्भ अवधि २८ हप्ताभन्दा कम र तौल १००० ग्रामभन्दा कम भएकाले शिशु बाँच्ने सम्भावना न्यून रहेको जनाएको छ । पछि अपवादका रूपमा दुर्लभ अवस्था देखिन गई केही समय जीवनको संकेत देखिएको अस्पतालको ठहर छ ।

घटनापछि अस्पतालले आफ्नो क्षमताअनुसार अधिकतम उपचार प्रयास गरिएको दाबी गर्दै, बिरामीका आफन्तसँग सम्भावित परिणामबारे पर्याप्त जानकारी र परामर्श दिन नसकिएको कमजोरी स्वीकार गरेको छ । अस्पतालले आगामी दिनमा यस्ता कमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ११ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा