नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण « Khabarhub

नवजात शिशुको उपचारका क्रममा ज्यान गएको घटनाबारे भेरी अस्पताल अस्पतालको स्पष्टीकरण


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सकको लापरबाहीका कारण समयमै उपचार नपाउँदा नवजात शिशुको मृत्यु भएको घटनापछि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालले औपचारिक रूपमा माफी मागेको छ । 

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै चिकित्सकको कमजोरीबाट शिशुको परिवारमा पर्न गएको पीडाप्रति क्षमायाचना गरेका हुन् ।

अस्पतालका अनुसार मिति २०८२ ०५ २४ गते पेट दुखाइ भएपछि ती गर्भवती महिलालाई अस्पतालको लेबर कक्षमा भर्ना गरिएको थियो । मिति २०८२ ०५ २५ गते गर्भ खस्ने क्रममा गर्भमा रहेको शिशुमा मुटुको चाल र सासप्रश्वासको कुनै संकेत नदेखिएको जानकारी दिँदै शिशुलाई मृत अवस्थामा परिवारलाई हस्तान्तरण गरिएको थियो ।

तर शिशु हस्तान्तरण गरिएको करिब ४ घण्टापछि शिशुमा जीवनको संकेत देखिएको भन्दै परिवारले पुनः अस्पतालमा भर्ना गरी उपचार गराएका थिए ।

उपचारकै क्रममा मिति २०८२ ०५ २९ गते उक्त शिशुको पुनः मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गर्भवती महिला अस्पताल आइपुग्दा पाठेघरको पानीको थैली फुटिसकेको अवस्था थियो र गर्भ २३ हप्ताको मात्र पुगेको थियो । 

नवजात शिशुको तौल ६१७ ग्राम मात्र रहेको, मुटुको चाल अत्यन्त कमजोर रहेको तथा आमामा ज्वरो र रातारात संक्रमणका लक्षण देखिएको कारण गर्भ जोगाउन सम्भव नभएको अस्पतालको भनाइ छ । आमाको ज्यान जोगाउन अपरिहार्य गर्भपतनको प्रक्रिया अपनाइएको अस्पतालले प्रस्टीकरण दिएको छ । 

अस्पतालले शिशु जन्मिँदा कुनै जीवन संकेत नदेखिएको, गर्भ अवधि २८ हप्ताभन्दा कम र तौल १००० ग्रामभन्दा कम भएकाले शिशु बाँच्ने सम्भावना न्यून रहेको जनाएको छ । पछि अपवादका रूपमा दुर्लभ अवस्था देखिन गई केही समय जीवनको संकेत देखिएको अस्पतालको ठहर छ ।

घटनापछि अस्पतालले आफ्नो क्षमताअनुसार अधिकतम उपचार प्रयास गरिएको दाबी गर्दै, बिरामीका आफन्तसँग सम्भावित परिणामबारे पर्याप्त जानकारी र परामर्श दिन नसकिएको कमजोरी स्वीकार गरेको छ । अस्पतालले आगामी दिनमा यस्ता कमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ११ बजे

बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत

बागमती– बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ ।

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काठमाडौँ– नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री राजेन्द्र खरेलको निधन

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम– गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस प्रदेशमा