जेन–जीलाई ओलीको जवाफ, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी एमाले होइन’ « Khabarhub

जेन–जीलाई ओलीको जवाफ, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने पार्टी एमाले होइन’


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार काठमाडौंमा बसेको छ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा दिउँसो पौने ३ बजेदेखि सुरु भएको बैठकलाई तेस्रो कार्यकालका लागि अध्यक्ष बनेका केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टी अनुशासन, लोकतन्त्र र संगठन सुदृढीकरणका विषयमा धारणा राखे। उनले एमाले दृढ अनुशासनमा चल्ने पार्टी भएको उल्लेख गर्दै भने, ‘राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो एमाले होइन। हाम्रो पार्टीमा साँच्चिकै दृढ अनुशासन चाहिन्छ।’

ओलीले एमाले लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै पार्टीभित्र व्यक्तिको स्वतन्त्रता रहेको बताए। तर सामूहिक हित र राष्ट्रिय स्वार्थविरुद्ध निजी स्वार्थ खोज्नु स्वतन्त्रता नभएको उनको भनाइ थियो। ‘हाम्रो पार्टी महान् अभिभारासहित अघि बढेको छ,’ उनले भने।

पार्टीभित्र अधिनायकवाद रहेको आरोपको खण्डन गर्दै ओलीले आलोचकहरूलाई संकेत गर्दै भने, ‘उल्क्याउँछन्, त्यहाँ बोल्नै पाइँदैन भन्छन्। ओलीसँग आँखा जुधाएर बोल्न सकिँदैन, झोलेहरू मात्रै बस्छन् भन्छन्,’ उनले थपे, ‘केपी ओलीले विरोध गर्नुपर्ने कुनै काम गर्दैन।’

देश अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै उनले यसलाई सहज बनाउने जिम्मेवारी एमालेले लिने बताए। प्रजातन्त्र हराउँदा त्रास बढाइएको र लोकतन्त्र मिचिएको भन्दै अब खुला लोकतन्त्रको वकालत गर्ने प्रतिबद्धता व्यक्त गरे।

संगठनात्मक विषयमा ओलीले पार्टी संगठन व्यापक र सुदृढ रहेको भन्दै अब यसमा थप गतिशीलता आवश्यक रहेको बताए। ‘अब हामीले टोल–टोलमा सुरक्षा समिति बनाउनुपर्छ,’ उनले भने।

जेन–जीलाई लक्षित गर्दै ओलीले भने, ‘सिरक ओढेर म जेन–जी भन्दै कसैले तर्साउन खोज्दा एमाले तर्सिँदैन।’ उनले अबको तीन हप्ताभित्र केन्द्रीय कमिटीको अर्को बैठक बस्ने जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : २३ बजे

भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेताले ट्रम्पलाई दिइन् आफ्नो पदक

काठमाडौं – भेनेजुएलाकी नोबेल शान्ति पुरस्कार विजेता कोरिना मचाडोले आफूले

कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

गण्डकी– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा

पर्वतमा विशेषज्ञ स्वास्थ्य शिविर

पर्वत– फलेवास नगरपालिका–३ शंकरपोखरीमा बिहीबार आयोजित एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य

वैधानिकताको दबाब : कांग्रेस देउवा पक्षका नेता निर्वाचन आयोगमा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ