जेन-जी र स्थानीयवासीको नाममा सेयर माग्न थालेपछि हैरान हुन थाले लगानीकर्ता  « Khabarhub

जेन-जी र स्थानीयवासीको नाममा सेयर माग्न थालेपछि हैरान हुन थाले लगानीकर्ता 


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी र स्थानीयवासीको नाममा जलविद्युत आयोजनाहरूमा निःशुल्क सेयर, छुट्टै रोयल्टी लगायतका माग राखेर आयोजना निर्माणमा अवरोध गर्न थालेपछि लगानीकर्ताहरू हैरान हुन थालेका छन् । 

ऊर्जा आयोजनाहरूले नेपाल सरकारको कानुन अनुसार स्थानीयवासीलाई १० प्रतिशत सेयर जारी गर्ने तथा सरकारले तोके अनुसारको रोयल्टी बुझाउने गरे पनि पछिल्लो समयमा जेन-जी र स्थानीयवासीको नाममा निःशुल्क सेयर र करोडौँ रकम माग्न थालेपछि ऊर्जाका लगानीकर्ताहरू हैरान भएका हुन् । उनीहरूले निःशुल्क सेयरसँगै खोलानाला र सरकारी जग्गा उपयोग गरे बापत स्थानीयवासीलाई करोडौँ रुपैयाँ दिनुपर्ने लगायतका मागहरू समेत राख्न थालेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की कानुनमा कतै उल्लेख नभएको र लगानीकर्ताहरूले दिनै नसक्ने निःशुल्क सेयर र रकम मागेर पछिल्लो समयमा स्थानीयवासी र जेन-जीको नाममा आयोजना निर्माणमा अवरोध हुने गरी गतिविधिहरू हुन थालेकोले निजी क्षेत्र थप चिन्तित भएको बताउँछन् ।

‘सरकारले तोके बमोजिमको सेयर दिँदै आएका छौँ र आयोजनाले दिन्छ पनि, सरकारले तोके अनुसारको रोयल्टी पनि बुझाउँदै आएका छौँ’, उनले भने ‘पछिल्लो समयमा विभिन्न समूहमा नाममा कानून विपरीत निःशुल्क सेयर  र रकम माग्न थालिएको छ, यसले ऊर्जा विकासमा धेरै अघि बढेको निजी क्षेत्रलाई हतोत्साहित बताउँछ ।’ 

उनी पछिल्लो समयमा सोलुखुम्बु, दोलखा लगायतका जिल्लाका स्थानीय सरकारले आफूखुसी छुट्टै रोयल्टी तोकेर पैसा माग्न थालेको बताउँदै यसले अझ निजी क्षेत्रमा निराशा बढाएको बताउँछन् । 

‘कानून विपरीत निःशुल्क सेयर र रकम माग्न थालिएको छ, यसबारे प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री, संघीय मामिला मन्त्री लगायतका सबै सरकारी निकायलाई पत्राचार गरेर गैरकानूनी काम रोकाउनका लागि पहल गर्न र शान्ति सुरक्षाका लागि भेटेर र पत्रमार्फत पटक पटक आग्रह गरेका छौ’, उनी भन्छन्,  ‘तर सरकारले यसलाई गम्भीर रूपमा नलिई बेवास्ता गरेका छन्, कति पटक भन्नु, भेट्न पनि नखोज्ने र पन्छिने प्रवृत्ति बढेको छ ।’

भोटेकोशीको उत्पादनमै बन्द भएपछि गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेरै समस्या समाधान गर्नका लागि इप्पानले आग्रह गरेको थियो । 

गृहमन्त्री अर्यालले तत्काल प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी समस्या समाधानका लागि सार्थक पहल गरेका थिए । उनले निजी क्षेत्रलाई निरुत्साहित हुने यस्ता गतिविधि रोक्न सरकार तयार रहेको बताउँदै यस्ता समस्याहरू आए जानकारी दिनका लागि आग्रह गरेका थिए । 

त्यसपछि पनि विभिन्न आयोजनाहरुमा पटक पटक समस्या आएपछि इप्पानले प्रधानमन्त्री, ऊर्जा मन्त्री र गृह मन्त्रीलाई पत्र लेखेर आयोजना निर्माण सुचारु गर्न माग गर्दै पनि आएको छ तर पछिल्लो समयमा झन् समस्याहरू थपिन थालेका छन् । अध्यक्ष कार्की नयाँ सरकार आएपछि केही समस्याहरू समाधानतर्फ उन्मुख भएपछि आयोजना निर्माण गर्ने क्षेत्रमा झन् बढ्दै गएको र यसमा सरकार गम्भीर बन्नुपर्ने बताउँछन् ।

‘भोटकोशीपछि समस्या समाधान हुने आशा थियो, झन् बढ्दै जान थालेको छ, विद्युत् उत्पादनमा ८० प्रतिशतभन्दा बढी हिस्सा बेहोरेको निजी क्षेत्रलाई उत्साहित बनाउनु सरकारको दायित्व हो, सरकार गम्भीर बनेर समस्या समाधानका लागि तुरुन्तै अग्रसर हुनुपर्छ’, उनले भने ।

हुन पनि गत भदौ २५ गतेदेखि ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनामा भोटेकोशी गाउँपालिकाका जेन-जी समूहको नाममा १० प्रतिशत निःशुल्क सेयर लगायतका माग राखेर ३२ दिन विद्युत् उत्पादन नै बन्द गरिएकोमा गत असोज २६ गते सिन्धुपाल्चोकको भोटेकोशीका स्थानीय बासिन्दाहरूको प्रतिनिधित्व गर्ने भोटेकोशी जेन-जी पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडबीच अंकित मुल्य १ सयमा १० प्रतिशत सेयर कम्पनीको नाममा दिने गरी सहमति भएपछि समस्या समाधान भएको थियो । 

भोटेकोशीको समस्या समाधानसँगै १० प्रतिशत सेयर मागेका ३६ बलेफी, २२ मेगावाटको मुनलाइट, १.५ मेगावाटको सेवा, १.५ मेगावाटको राईजिङ, १.५ मेगावाटको गाउँघर, ७ मेगावाटको याम्बुलिङ, ४० मेगावाटको बलेफी, ३६ मेगावाटको अपर बलेफी, ४१ मेगावाटको नेशम खोला र ४६ मेगावाटको सीता हाइड्रोको समस्या समाधान हुने अपेक्षा गरिएको थियो तर, पछिल्लो समयमा भोटेकोशी–१, ब्रम्हायिणी लगायतका आयोजनाहरूमा विभिन्न समूहको नाममा निःशुल्क सेयर माग गरी आयोजना निर्माणमा अवरोध गर्न थालिएको छ ।

इप्पानले कानुनमा व्यवस्था नभएको निःशुल्क सेयर मागेर  निजी क्षेत्रको लगानीलाई पूर्ण रूपमा निरुत्साहित हुने गरी पछिल्लो समयमा आयोजना निर्माणमा हुन थालेपछि विद्युत् आयोजनाहरूको सुरक्षाका लागि प्रधानमन्त्री, गृह मन्त्री र ऊर्जा मन्त्रीका साथै सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीय पालिकाका प्रमुखहरूको ध्यानाकर्षण गराएको थियो भने नेपाल सरकारलाई ऊर्जा सुरक्षा नीति निर्माणका लागि अनुरोध गर्दै विद्युत् आयोजना सुरक्षाका लागि विशेष दस्ता निर्माणका लागि अनुरोध पनि गरेको थियो । 

यसैगरी प्रत्येक आयोजनाहरूलाई शान्ति सुरक्षा कायम हुने गरी सुरक्षाकर्मीहरूको व्यवस्थापनका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय, स्थानीय पालिका लगायतका सम्बन्धित निकायमा अनुरोध पनि गरेको थियो तर, पछिल्लो समयमा विभिन्न जिल्लाहरूमा निःशुल्क सेयर माग्नेक्रम बढेको इप्पानले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : २८ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट