आफूलाई अधिनायकवादी र तानाशाही भन्नेलाई ओलीले फर्काए जवाफ « Khabarhub

आफूलाई अधिनायकवादी र तानाशाही भन्नेलाई ओलीले फर्काए जवाफ


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अधिनायकवादी र तानाशाह भन्नेलाई जवाफ फर्काएका छन् ।

बिहीबार सकिएको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो भनेका हुन् ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा दिउँसो पौने ३ बजेदेखि सुरु भएको बैठकलाई सम्बोधनका क्रममा उनले एमालेविरुद्ध अनेक तत्वले उल्क्याउने भएकाले सचेत हुन भनेका छन् ।

‘उल्क्याउँछन्, त्यहाँ (एमालेमा) त कोही बोल्नै पाउँदैनन् भन्छन् । त्यहाँ केपी ओलीको अधिनायकवाद र तानाशाह चल्छ भन्छन्’, उनले भने, ‘त्यहाँ केपी ओलीसँग आँखा जुधाएर बोल्न सक्दैनन्। झोलेहरू मात्रै बस्छन् भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने कुनै काम गर्दैन, अनि के का लागि मेरो आलोचना गर्नू ?’ ।

उनले अहिले देश अप्ठ्यारो अवस्थामा रहेकाले यसलाई सजिलो बनाउने काम अब एमालेले गर्ने पनि बताए ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ३३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली