आफूलाई अधिनायकवादी र तानाशाही भन्नेलाई ओलीले फर्काए जवाफ « Khabarhub

आफूलाई अधिनायकवादी र तानाशाही भन्नेलाई ओलीले फर्काए जवाफ


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अधिनायकवादी र तानाशाह भन्नेलाई जवाफ फर्काएका छन् ।

बिहीबार सकिएको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो भनेका हुन् ।

बबरमहलस्थित कार्की ब्याङ्केटमा दिउँसो पौने ३ बजेदेखि सुरु भएको बैठकलाई सम्बोधनका क्रममा उनले एमालेविरुद्ध अनेक तत्वले उल्क्याउने भएकाले सचेत हुन भनेका छन् ।

‘उल्क्याउँछन्, त्यहाँ (एमालेमा) त कोही बोल्नै पाउँदैनन् भन्छन् । त्यहाँ केपी ओलीको अधिनायकवाद र तानाशाह चल्छ भन्छन्’, उनले भने, ‘त्यहाँ केपी ओलीसँग आँखा जुधाएर बोल्न सक्दैनन्। झोलेहरू मात्रै बस्छन् भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने कुनै काम गर्दैन, अनि के का लागि मेरो आलोचना गर्नू ?’ ।

उनले अहिले देश अप्ठ्यारो अवस्थामा रहेकाले यसलाई सजिलो बनाउने काम अब एमालेले गर्ने पनि बताए ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ३३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको