नेपाल मेडिकल काउन्सिलको रिक्त ८ सदस्य चयनका लागि उपत्यका बाहिर मतदान जारी  « Khabarhub

नेपाल मेडिकल काउन्सिलको रिक्त ८ सदस्य चयनका लागि उपत्यका बाहिर मतदान जारी 


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सकहरूको नियमन गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको रिक्त रहेको एक उपाध्यक्ष र आठ सदस्य छनौटका लागि आजबाट निर्वाचन सुरु भएको छ । 

पदाधिकारीहरूको नियुक्तिका लागि  दुई चरणमा निर्वाचन हुँदै छ । निर्वाचन समितिका अनुसार उपत्यकाबाहिरका मतदान केन्द्रहरूमा शुक्रबार र शनिबारका लागि तालिका निर्धारण गरिएको छ । 

कोशी प्रदेशमा रहेका मतदान केन्द्र मेची प्रादेशिक अस्पताल, भद्रपुर, झापा,  मधेश प्रदेशका मतदान केन्द्रहरूमा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज, सप्तरी, लहान जिल्ला अस्पताल लहान, सिराहामा आज मात्र  निर्वाचन हुँदै छ भने बागमती प्रदेशको उपत्यका बाहिरका केन्द्रहरू  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर, लुम्बिनीको  भीम अस्पताल, भैरहवा, रुपन्देहीमा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङ, कर्णालीको सुर्खेत प्रादेशिक अस्पतालमा  र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पनि आजै मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन तालिका अनुसार कोशी अस्पताल, (इलाइट क्लब, शनिहाट चौक, विराटनगर ७)  विराटनगर, मोरङ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी, जनकपुर प्रादेशिक अस्पताल, जनकपुरधाम, धनुषा, नारायणी अस्पताल, वीरगंज, पर्सा, भरतपुर अस्पताल भरतपुर, चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देहीमा पौष आज  र भोलि दुई दिन नै मतदान गर्न सकिनेछ ।

त्यसैगरी धुलिखेल अस्पताल, धुलिखेल, काभ्रेमा पौष ११ (शुक्रबार) र काठमाडौँ उपत्यकाको राष्ट्रियसभा गृह, भृकुटी मण्डप र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल  ललितपुरमा पुस  ११ र १२ गते हुनेछ । मेडिकल काउन्सिलमा अध्यक्ष र केही सदस्य पदमा सरकारले नियुक्त गर्ने भए पनि एक उपाध्यक्ष र आठजना सदस्य पद निर्वाचनबाट छनौट हुने व्यवस्था छ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ४३ बजे

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

राजनीतिक अस्थिरताका कारण नेपालको सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या देखियो

काठमाडौं– आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सार्वजनिक खर्चको प्रभावकारिता

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा