नेपाल मेडिकल काउन्सिलको रिक्त ८ सदस्य चयनका लागि उपत्यका बाहिर मतदान जारी  « Khabarhub

नेपाल मेडिकल काउन्सिलको रिक्त ८ सदस्य चयनका लागि उपत्यका बाहिर मतदान जारी 


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सकहरूको नियमन गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको रिक्त रहेको एक उपाध्यक्ष र आठ सदस्य छनौटका लागि आजबाट निर्वाचन सुरु भएको छ । 

पदाधिकारीहरूको नियुक्तिका लागि  दुई चरणमा निर्वाचन हुँदै छ । निर्वाचन समितिका अनुसार उपत्यकाबाहिरका मतदान केन्द्रहरूमा शुक्रबार र शनिबारका लागि तालिका निर्धारण गरिएको छ । 

कोशी प्रदेशमा रहेका मतदान केन्द्र मेची प्रादेशिक अस्पताल, भद्रपुर, झापा,  मधेश प्रदेशका मतदान केन्द्रहरूमा गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज, सप्तरी, लहान जिल्ला अस्पताल लहान, सिराहामा आज मात्र  निर्वाचन हुँदै छ भने बागमती प्रदेशको उपत्यका बाहिरका केन्द्रहरू  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, मकवानपुर, लुम्बिनीको  भीम अस्पताल, भैरहवा, रुपन्देहीमा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, दाङ, कर्णालीको सुर्खेत प्रादेशिक अस्पतालमा  र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पनि आजै मतदान भइरहेको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन तालिका अनुसार कोशी अस्पताल, (इलाइट क्लब, शनिहाट चौक, विराटनगर ७)  विराटनगर, मोरङ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी, जनकपुर प्रादेशिक अस्पताल, जनकपुरधाम, धनुषा, नारायणी अस्पताल, वीरगंज, पर्सा, भरतपुर अस्पताल भरतपुर, चितवन, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की, लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देहीमा पौष आज  र भोलि दुई दिन नै मतदान गर्न सकिनेछ ।

त्यसैगरी धुलिखेल अस्पताल, धुलिखेल, काभ्रेमा पौष ११ (शुक्रबार) र काठमाडौँ उपत्यकाको राष्ट्रियसभा गृह, भृकुटी मण्डप र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल  ललितपुरमा पुस  ११ र १२ गते हुनेछ । मेडिकल काउन्सिलमा अध्यक्ष र केही सदस्य पदमा सरकारले नियुक्त गर्ने भए पनि एक उपाध्यक्ष र आठजना सदस्य पद निर्वाचनबाट छनौट हुने व्यवस्था छ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ४३ बजे

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

काठमाडौं – प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले)