घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने « Khabarhub

घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा हेर्न पाइने


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– घर निर्माण फेस्टको आकर्षणका रूपमा विश्वकै सबैभन्दा ठूलो आकारको इट्टा तयार पारिएको छ । जसलाई ‘गिनिज बुक अफ वल्र्ड’ रेकर्डमा समावेश गर्ने तयारी गरिएको  छ ।

यसअघि सन् २००७ जुलाई ४ मा अमेरिकाको टेक्सासमा लम्बाइ २.९४ मिटर (९ फिट  ८ इन्च) र उचाइ तथा चौडाइ ०.९९ मिटर (३ फिट ३ इन्च) रहेको इट्टा निर्माण भएको थियो  । 

यही आकारलाई अझै ठूलो बनाउने उद्देश्यले कीर्तिमान कायम राख्ने गरी इट्टा निर्माण गरिएको हो । यही पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने प्रदर्शनीमा ४० हजार बढी दर्शकले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
 
घर निर्माण फेस्टमा प्रदर्शन गरिने विश्वकै ठूलो इट्टा पूर्ण रूपमा नेपाली कच्चा पदार्थ, नेपाली  कालीगढको सीप र नेपाली प्रविधि–सोचको प्रयोगबाट तयार गरिएको हो ।

यस परियोजनामार्फत नेपालले आफ्नो निर्माण कला र नवप्रवर्तन क्षमता विश्वसामु प्रस्तुत  गर्ने अवसर पाउने आयोजकको दाबी छ ।

‘जे गर्छौँ नेपालमै गर्छौँ’ भन्ने नारासहित चार दिनसम्म हुने प्रदर्शनीमा २ सय करोड बढीको आर्थिक कारोबार हुने अपेक्षा छ । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो यो फेस्टमा कुनै  पनि निर्माणको तयारी देखि निर्माण सम्पन्न नहुँदा सम्मका सबै चरणहरूको प्रत्यक्ष प्रदर्शनी गरिने जनाइएको छ । 

फेस्टमा अवलोकनकर्ताले आफ्ना घर निर्माणसम्बन्धी जिज्ञासा, निर्माण सामग्रीका छनोट, डिजाइन, लागत, गुणस्तर तथा आधुनिक प्रविधिबारे विशेषज्ञसँग जानकारी लिन सक्नेछन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ५१ बजे

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा