स्वास्थ्यमन्त्री शर्मा र डब्लुएचओका महानिर्देशकबीच भारतमा भेटवार्ता  « Khabarhub

स्वास्थ्यमन्त्री शर्मा र डब्लुएचओका महानिर्देशकबीच भारतमा भेटवार्ता 


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम घेब्रेयससबीच भारतको नयाँ दिल्लीमा महत्त्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।

भेटका क्रममा स्वास्थ्यमन्त्री शर्माले नेपालमा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य, आप्रवासी स्वास्थ्य, स्वास्थ्य बीमा कार्यक्रम तथा औषधि खरिद र व्यवस्थापन प्रणालीमा सुधार ल्याउन नेपाल सरकारले चालेका कदमहरूबारे विस्तृत छलफल गरेकी छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोसले स्वास्थ्य क्षेत्रमा नेपाल सरकारले देखाएको उच्च प्रतिबद्धता र प्राथमिकताहरूको प्रशंसा गेरेकी छन् । 

उनले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउँदै तय गरिएका लक्ष्यहरू हासिल गर्न डब्लुएचओको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग उपलब्ध गराइने आश्वासन पनि दिएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : ४३ बजे

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश