मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु « Khabarhub

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोगमा ल्याउँदै प्रशासनिक तथा सेवामूलक कार्य सञ्चालन थालेको हो ।

जेन-जी आन्दोलनका क्रममा मिर्चैया बजारमा अवस्थित नगरपालिकाको कार्यालय भवन पूर्ण रूपमा जलेर ध्वस्त भएपछि नगरपालिकाको नियमित सेवा प्रवाहमा चुनौती उत्पन्न भएको थियो । 

नगर प्रमुख श्रवणकुमार यादवका अनुसार नगरपालिकाको कार्यालय भवन कामै नलाग्ने गरी क्षतिग्रस्त भएपछि तत्काल वैकल्पिक व्यवस्था गरिएको हो । 

उनले भने,’नगरपालिकाको कार्यालय जलाइएपछि हामी केही समय अन्योलमा पर्‍यौँ, तर दुःखद र विषम परिस्थितिबीच पनि सम्भावनाको खोजी गर्‍यौँ । त्यसै क्रममा अस्पतालको यो पुरानो भवन उपयोगी देखियो । पुरानो नगर कार्यालयभन्दा यो भवन झन् फराकिलो र व्यवस्थित छ ।’

अस्पताल नयाँ भवनमा स्थानान्तरण भएपछि उक्त भवन प्रयोगविहीन अवस्थामा थियो । नगरपालिकाले भवनको सरसफाइ र सामान्य मर्मत सम्भार तथा रंगरोगन गरी कार्यालय सञ्चालन गरेको हो । 

नगर प्रमुख यादवले हाल नगरपालिकाको नियमित कामकाजमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले एउटै कोठाबाट दुई वटासम्म शाखा तथा फाँट सञ्चालन गरिएको जानकारी दिए । एकतले भवनमाथि ट्रस हालेर थप कोठा निर्माण गर्दै कार्यालय विस्तार गर्ने योजना रहेको उनले बताए । 
 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : ०८ बजे

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश