मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु « Khabarhub

मिर्चैया अस्पतालको पुरानो भवनबाट नगरपालिकाको सेवा सुरु


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सिरहा– यहाँको मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोगमा ल्याउँदै प्रशासनिक तथा सेवामूलक कार्य सञ्चालन थालेको हो ।

जेन-जी आन्दोलनका क्रममा मिर्चैया बजारमा अवस्थित नगरपालिकाको कार्यालय भवन पूर्ण रूपमा जलेर ध्वस्त भएपछि नगरपालिकाको नियमित सेवा प्रवाहमा चुनौती उत्पन्न भएको थियो । 

नगर प्रमुख श्रवणकुमार यादवका अनुसार नगरपालिकाको कार्यालय भवन कामै नलाग्ने गरी क्षतिग्रस्त भएपछि तत्काल वैकल्पिक व्यवस्था गरिएको हो । 

उनले भने,’नगरपालिकाको कार्यालय जलाइएपछि हामी केही समय अन्योलमा पर्‍यौँ, तर दुःखद र विषम परिस्थितिबीच पनि सम्भावनाको खोजी गर्‍यौँ । त्यसै क्रममा अस्पतालको यो पुरानो भवन उपयोगी देखियो । पुरानो नगर कार्यालयभन्दा यो भवन झन् फराकिलो र व्यवस्थित छ ।’

अस्पताल नयाँ भवनमा स्थानान्तरण भएपछि उक्त भवन प्रयोगविहीन अवस्थामा थियो । नगरपालिकाले भवनको सरसफाइ र सामान्य मर्मत सम्भार तथा रंगरोगन गरी कार्यालय सञ्चालन गरेको हो । 

नगर प्रमुख यादवले हाल नगरपालिकाको नियमित कामकाजमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले एउटै कोठाबाट दुई वटासम्म शाखा तथा फाँट सञ्चालन गरिएको जानकारी दिए । एकतले भवनमाथि ट्रस हालेर थप कोठा निर्माण गर्दै कार्यालय विस्तार गर्ने योजना रहेको उनले बताए । 
 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : ०८ बजे

पदाधिकारीमा महिला एमालेको ‘देखाउने दाँत’ मात्रै, केन्द्रीय कमिटीमा कति समेटिए ?

काठमाडौं– नेपालको संविधानको धारा २६९ उपधारा (४) अनुसार राजनीतिक दलहरूले

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह

राजनीतिक अस्थिरताका कारण नेपालको सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या देखियो

काठमाडौं– आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा सार्वजनिक खर्चको प्रभावकारिता