रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि « Khabarhub

रुपन्देही अदालतमा प्रक्रिया पूरा गरेपछि थुनामुक्त भए रवि


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह थुनामुक्त भएका छन्।

सहकारी ठगीको मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका उनी रुपन्देही जिल्ला अदालतबाट पूर्जी लिएर औपचारिक रुपमा जेलबाट मुक्त भएका हुन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो।

नख्खु जेलबाट रिहा भएपछि लामिछानेलाई प्रहरी साथमा लगाएर शुक्रबार चितवनको भरतपुर हुँदै स्थलमार्गबाट भैरहवा पुर्‍याइएको थियो ।

अदालतको आदेशपछि अब रविले जेलबाहिर रहेरै आफ्ना गतिविधि गर्न पाउनेछन् । उनलाई अदालतले विदेश जाँदा भने अनुमति लिनुपर्ने शर्त राखेको छ।

यसअघि भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा रविलाई रास्वपाका कार्यकर्ताले बलजफ्ती निकालेका थिए । तर, उनले केही दिनमै फेरि नख्खुमै फर्किनु परेको थियो ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : ३९ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा