जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ « Khabarhub

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह थुनामुक्त भएका छन्।

सहकारी ठगीको मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने रुपन्देही जिल्ला अदालतबाट पूर्जी लिएपछि औपचारिक रूपमा जेलमुक्त भएका हुन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार उनलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो।

नख्खु कारागारबाट रिहा भएपछि उनलाई प्रहरीको साथमा चितवनको भरतपुर हुँदै स्थलमार्गबाट भैरहवा लगिएको थियो।

अदालतको आदेशअनुसार अब उनी जेलबाहिर रहेर आफ्ना गतिविधि गर्न पाउनेछन्। विदेश जानु परेमा भने अदालतको अनुमति लिनुपर्ने शर्त तोकिएको छ।

रुपन्देही जिल्ला अदालतमा हाजिर भई थुनामुक्त भएपछि भैरहवामा उनले छोटो सम्बोधन गरे ।

उनले ठूला दलतिर लक्षित गर्दै देशमाथि ठूलो अन्याय गरेको बताए । ‘यिनीहरूले देशमाथि गरेको अन्यायका अगाडि ममाथि भएको अन्याय केही पनि होइन । यो सबैको हिसाब गर्नुछ, त्यो सबै हिसाब मिलाएपछि म लामो बोलौँला’, उनले भने, ‘हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ । म आशा गर्छु, यो देशले चाँडै न्याय पाउने छ ।’

उनले आफूले बोल्ने समय आइरहेको पनि बताए । ’मैले धेरै कुरा भन्न बाँकी छ । यो विश्वास साथ र अनवरत सहयोगका लागि धन्यवाद’, उनले भने, ‘आज मैले यति बोलेँ बोल्ने दिन आउँछ ।’

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : ५५ बजे

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा