जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ « Khabarhub

जेलबाट छुट्नेबित्तिकै रवि : यिनीहरूले अन्याय गरे, हिसाब मिलाउन बाँकी छ


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने शुक्रबार अपरान्ह थुनामुक्त भएका छन्।

सहकारी ठगीको मुद्दामा ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने रुपन्देही जिल्ला अदालतबाट पूर्जी लिएपछि औपचारिक रूपमा जेलमुक्त भएका हुन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार उनलाई शर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो।

नख्खु कारागारबाट रिहा भएपछि उनलाई प्रहरीको साथमा चितवनको भरतपुर हुँदै स्थलमार्गबाट भैरहवा लगिएको थियो।

अदालतको आदेशअनुसार अब उनी जेलबाहिर रहेर आफ्ना गतिविधि गर्न पाउनेछन्। विदेश जानु परेमा भने अदालतको अनुमति लिनुपर्ने शर्त तोकिएको छ।

रुपन्देही जिल्ला अदालतमा हाजिर भई थुनामुक्त भएपछि भैरहवामा उनले छोटो सम्बोधन गरे ।

उनले ठूला दलतिर लक्षित गर्दै देशमाथि ठूलो अन्याय गरेको बताए । ‘यिनीहरूले देशमाथि गरेको अन्यायका अगाडि ममाथि भएको अन्याय केही पनि होइन । यो सबैको हिसाब गर्नुछ, त्यो सबै हिसाब मिलाएपछि म लामो बोलौँला’, उनले भने, ‘हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ । म आशा गर्छु, यो देशले चाँडै न्याय पाउने छ ।’

उनले आफूले बोल्ने समय आइरहेको पनि बताए । ’मैले धेरै कुरा भन्न बाँकी छ । यो विश्वास साथ र अनवरत सहयोगका लागि धन्यवाद’, उनले भने, ‘आज मैले यति बोलेँ बोल्ने दिन आउँछ ।’

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ६ : ५५ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज