रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी « Khabarhub

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा ३ करोड ७४ लाखभन्दा धेरै बैंक ग्यारेन्टी बुझाएका छन् ।

ललितपुरको नख्खु कारागराबाट जहाजमा भरतपुर हुँदै शुक्रबार भैरहवा पुर्‍याइएका उनले जिल्ला अदालतमा ३ करोड ७४ लाख ८४ हजारभन्दा बढी बैंक जमानत बुझाएपछि रिहा भएका हुन् ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागार र त्यसपछि नख्खु कारागारमा थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजालसले धरौटी (बैंक जमानत १ करोड) स्वीकार गर्नेसहित अरू कडा सर्तमा थुनामुक्त गर्न आदेश दिएको थियो। 

आदेशका शर्तहरू पालना गर्न जिल्ला अदालत रुपन्देहीमा उनलाई उपस्थित गराइएको थियो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार रविले ३ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी बुझाएपछि रिहा भएका हुन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : ०५ बजे

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा