रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी « Khabarhub

रिहा हुन रविले रुपन्देही अदालतमा बुझाए ३ करोड ७४ लाखको बैंक ग्यारेन्टी


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा ३ करोड ७४ लाखभन्दा धेरै बैंक ग्यारेन्टी बुझाएका छन् ।

ललितपुरको नख्खु कारागराबाट जहाजमा भरतपुर हुँदै शुक्रबार भैरहवा पुर्‍याइएका उनले जिल्ला अदालतमा ३ करोड ७४ लाख ८४ हजारभन्दा बढी बैंक जमानत बुझाएपछि रिहा भएका हुन् ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागार र त्यसपछि नख्खु कारागारमा थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजालसले धरौटी (बैंक जमानत १ करोड) स्वीकार गर्नेसहित अरू कडा सर्तमा थुनामुक्त गर्न आदेश दिएको थियो। 

आदेशका शर्तहरू पालना गर्न जिल्ला अदालत रुपन्देहीमा उनलाई उपस्थित गराइएको थियो । जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार रविले ३ करोड ७४ लाख ८४ हजारको बैंक ग्यारेन्टी बुझाएपछि रिहा भएका हुन् ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : ०५ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले