सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी « Khabarhub

सङ्घीयता नै नागरिकको पहुँचको आधार हो : नेता त्रिपाठी


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)- जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले सङ्घीयता नै सबैको पहुँचको आधार भएको बताएका छन् ।

आज पश्चिम नवलपरासीको परासीमा ‘मधेसको मानवशास्त्र’ किताबको विमोचन गर्दै नेता त्रिपाठीले राज्यसँगको पहुँचका लागि सङ्घीयता नै बलियो आधार रहेको बताए । उनले भने, “कर्णाली जस्तो विकट ठाउँमा राज्यको सबै क्षेत्रमा पहुँच गराउन र मधेसमा गरिब तथा दलितलाई हेप्ने प्रवृतिको अन्त्य गर्न सङ्घीयताको आवश्यकता हो ।”

वर्तमान राजनीतिक अवस्थामा देशको निकास निर्वाचन मात्रै भएको उनको धारणा छ । ‘मधेसको मानवशास्त्र’ पुस्तकका लेखक भोला बानियाँले किताबमा सम्पूर्ण मधेसको बारेमा व्याख्या गरिएको उल्लेख गरे।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : १० बजे

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा