पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न « Khabarhub

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्सँगको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट आयोजना गरेको छ।

बिहीबार सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशलाई केन्द्रमा राख्दै उत्तर प्रदेश र नेपालबीचको पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ। कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी वर्ष पनि मनाइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राख्दै भारतसँग बढ्दो पर्यटन सहकार्यको स्वागत गरे ।

भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा आएको सुधारले अन्तरदेशीय पर्यटनलाई गति दिएको उल्लेख गर्दै धार्मिक र सांस्कृतिक पर्यटन परिपथको प्रवर्द्धनमार्फत नेपाल–भारत पर्यटन सम्भावनालाई पूर्ण रुपमा उपयोग गर्न संयुक्त प्रयास आवश्यक रहेको बताए।

उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले आगामी माघ मेलासहित उत्तर प्रदेशका पर्यटन परिपथबारे प्रस्तुति दिनुका साथै पर्यटन नीतिको कार्यान्वयनमा अपनाइएका उत्कृष्ट अभ्यासहरू साझा गरे।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भारत नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत भएको उल्लेख गर्दै भारत–नेपाल पर्यटन प्रवर्द्धनका लागि बोर्डले गरेका पहलहरूको जानकारी गराए।

कार्यक्रमअन्तर्गत बीटुबी सत्रमा भारतबाट करिब १० जना र नेपालबाट ६० जना प्रतिनिधिको सहभागिता थियो। छलफलमा स्थल मार्गबाट हुने अन्तरदेशीय पर्यटन, बौद्ध परिपथ, वन्यजन्तु र साहसिक पर्यटनमा सहकार्यका सम्भावनाबारे विचार–विमर्श गरिएको थियो।

यसै सन्दर्भमा पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डले उत्तर प्रदेशका प्रतिनिधिमण्डलका लागि मिति २०८२ मंसिर २९ देखि पौष २ गतेसम्म परिचयात्मक भ्रमणको आयोजना गरेका थिए।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : ४७ बजे

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट

भोटेकोशी बाढी: मधेशका ३० जना सम्पर्कमा, १६२ जना अझै बेपत्ता

जनकपुर – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएकामध्ये