डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल « Khabarhub

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने निर्वाचनमा डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवारलाई चयन गर्न सुझाव दिएका छन् ।

आइसिटी फाउन्डेसन नेपालले आज ललितपुरमा आयोजना गरेको दशौँ संस्करणको ‘अवार्ड इन्ड्राइभ आइसिटी अवार्ड २०२५’ सम्बन्धी कार्यक्रममा मन्त्री खरेलले आइसिटीको माध्यमबाट विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सकिन्छ भन्दै सूचना प्रविधिको उपयोगले गर्दा यसपटक बाढिपहिरोबाट पनि सम्भावित क्षति कम भएको बताएका छन्।

“म भदौ २३ गते सहिद भएका जेनजेड युवाहरूलाई सम्झिरहेको छु, सुशासन, डिजिटल नेपालको परिकल्पना, नेपाललाई नवप्रवर्तनको युगमा अगाडि बढाउने माग जेनजेड युवाहरूको थियो, अब सुशासनको जिम्मेवारी युवाहरूमा आउँछ, सरकार नवप्रवर्तन गर्ने युवाहरूको साथमा छ, कसरी नेपाललाई डिजिटल नेपालका रूपमा अगाडि बढाउने भनेर यस वर्षको आइसिटी विजेताहरूसँग सल्लाहसमेत लिनेछौँ”, उनले भने ।

मन्त्री खरेलले शिक्षा स्वास्थ, रोजगारी, सार्वजनिक सेवा र सरकारी कार्यालयहरूमा आइसिटीलाई उपयोग गरेर समृद्धि हासिल गर्न सकिने बताए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले १६औँ आवधिक योजनाले आइसिटीको माध्यमबाट लागत कम गर्दै उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य राखेको बताए । उनले सरकारले डिजिटल पूर्वाधारको विकासलाई जोड दिइरहेको बताउँदै राष्ट्रिय योजना आयोगले यसलाई सहयोग गर्ने बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सूचना प्रविधिको विकासले सुशासन, समावेशिता प्रवर्द्धनमा योगदान पुर्याइरहेको बताए । उनले यस किसिमको कामले सूचना प्रविधिको क्षेत्रमा लागेकाहरूलाई प्रोत्साहन गर्दै नवप्रवर्तनको विकासमा प्रेरित गर्ने बताए ।

आइसिटी अवार्डका अध्यक्ष राजन लम्सालले स्टार्टअफ र नवप्रवर्तन समेतलाई प्रोत्साहन गर्दै दशौँ संस्करणसम्म आइपुग्दा विभिन्न विधालाई समेटेर देश र देशबाहिर पनि विस्तार गर्दै काम गरिरहेको जानकारी गराए ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ८ : २६ बजे

बालेन सरकारको काम हेर्नुछ, मुल्यांकन समय भैसकेको छैन : कमल थापा 

काठमाडौं– राप्रपाका नेता कमल थापाले बालेन सरकारको काम हेर्नू पर्ने

विष्णुमती नदी किनार कंकेश्वरी क्षेत्रमा वुद्धको प्रस्तर मूर्ति राखियो 

काठमाडौं– काठमाडौं महानगरपालिकाको वडा नं. १९ कंकेश्वरीमा १५ फिट लामो

खामेनेई स्वस्थ रहेको दाबी

तेहरान- इरानका सर्वोच्च नेता मोजताबा खामेनेईको स्वास्थ्य अवस्थाबारे फैलिएका विभिन्न

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

काठमाडौं- सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै वालेन्द्र शाह नेतृत्वको सरकारले

रोल्पामा मृत्यु भएका सबै २० जनाको सनाखत 

रोल्पा-रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ