चीनले ‘तथ्य तोडमोड गरेको’ ताइवानको आरोप « Khabarhub

चीनले ‘तथ्य तोडमोड गरेको’ ताइवानको आरोप


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानको विदेश मन्त्रालयले चीनमाथि तथ्यलाई नै तोडमोड गरेको आरोप लगाएको छ । चीनले आफ्नो नीति दस्तावेजमा ‘ताइवान चीनको अविभाज्य भूभाग हो ।’ भनेर उल्लेख गरेपछि ताइवानको विदेश मामिला मन्त्रालयले यस्तो आरोप लगाएको हो ।

हाल चिनियाँ सत्तामा रहेको कम्युनिष्ट पार्टीले इतिहासको कुनै कालखण्डमा पनि ताइवानी भूभागमा शासन नगरेको स्पष्ट पार्दै विदेश मन्त्रालयले कम्युनिष्ट शासन रहेको जनगणतन्त्र चीन र लोकतान्त्रिक शासन रहेको गणतन्त्र चीन दुई फरक सार्वभौमिकता हुन् भनेको छ । ताइवानले आधिकारिक रुपमा आफूलाई गणतन्त्र चीन भनेर चिनाउने गरेको छ ।

यसअघि जनगणतन्त्र चीनको विदेश मन्त्रालयले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका लागि जारी गरेको नीति दस्तावेजमा अन्य मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापनाका लागि ‘एक चीन नीति’ आधारभूत अनिवार्यता रहेको उल्लेख छ । चीनले बेइजिङमा रहेको कम्युनिष्ट सरकार मात्रै चीनको एकमात्र वैध नेतृत्वकर्ता रहेको बताउने गरेको छ ।

चीनले बारम्बार ताइवानलाई एकीकरण गरेरै छाड्ने बताउँदै आएको छ । ताइवानलाई गाभ्नका लागि आवश्यक परे बल प्रयोग गर्ने चिनियाँ नीति रहिआएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : ०८ बजे

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा