काठमाडौं- मलेशिया र भारतले संयुक्त सैन्य अभ्यास सञ्चालन गरेका छन् । दुई मुलुकले ‘हरिमाउ शक्ति’ नामक सैन्य अभ्यास सञ्चालन गरेका हुन् ।
भारतीय सेनाले यस अभ्यासबाट दुबै मुलुकका सेनाले युद्धकार्य सञ्चालन तयारी र अन्तरसञ्चालनशीलताको प्रशिक्षण प्राप्त गर्ने जनाएको छ । यस अभ्यासमा सैनिकहरुले सैन्य मार्शल आर्ट्स रुटिन, हेलिकप्टरबाट फाल हाल्नेजस्ता गतिविधि पनि सञ्चालन हुने जनाइएको छ ।
यस अभ्यासमा संयुक्त हतियार तथा उपकरण प्रस्तुती पनि समावेश रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । त्यसबाहेक अभ्यासमा शारीरिक सुगठन, योग अभ्यास र मैत्रीपूर्ण खेलकुद कार्यक्रम पनि आयोजना गरिएको छ ।
गत डिसेम्बर ५ देखि भारतको राजस्थानमा शुरु भएको अभ्यास डिसेम्बर १८ सम्म सञ्चालन हुनेछ । यस अभ्यास विशेषगरी प्रतिआतंकवाद र विद्रोह प्रतिरोधी अवधारणामा आधारित रहेको एएनआईले उल्लेख गरेको छ ।













प्रतिक्रिया