११ वाणिज्य बैंकले नाफा बढाए, ९ बैंक घाटामा « Khabarhub

११ वाणिज्य बैंकले नाफा बढाए, ९ बैंक घाटामा


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अघिल्लो आर्थिक वर्ष (आव)को ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिना अवधिमा वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ ।

सार्वजनिक तथ्यांकअनुसार अघिल्लो आवको ६ महिना अवधिको तुलनामा चालु आवको ६ महिना वाणिज्य बैंकहरूको नाफामा प्रतिशतले गिरावट आएको हो ।

बैंकहरूको वित्तीय प्रतिवेदनअनुसार समीक्षा अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै बढेको छ भने एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै घटेको छ ।

वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै नाफा वृद्धि गर्न सफल भएको प्रभु बैंकले चालु आवको समीक्षा अवधिमा १ अर्ब ३३ करोड ६१ लाख ३८ हजार रूपैयाँ नाफा आर्जन गरेको छ । सो बैंकले गत वर्षको सोही अवधिमा भने ७२ करोड ३ लाख ४१ हजार रूपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

त्यस्तै, वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै नाफामा गिरावट आएको एनआईसी एसिया बैंकले चालु आवको समीक्षा अवधिमा १५ करोड १७ लाख ३० हजार २८७ रूपैयाँ मात्रै नाफा आर्जन गरेको छ । जबकी सो बैंकले गत आवको सोही अवधिमा १ अर्ब ९० करोड ३८ लाख ७ हजार रूपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आवको ६ महिनामा नबिल बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार नाफा आर्जन गरेको छ । सो बैंकले अघिल्लो आवको सोही अवधिमा ३ अर्ब २० करोड ३० लाख ७९ हजार रूपैयाँ नाफा आर्जन गरेको थियो । त्यस्तै, चालु आवको समीक्षा अवधिमा ग्लोबल आईमई बैंकले ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रूपैयाँ नाफा आर्जन गरेको छ ।

सो बैंकले अघिल्लो आवको सोही अवधिमा भने २ अर्ब ४ करोड २३ लाख २९ हजार रूपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

वाणिज्य बैंकहरूको अर्धवार्षिक नाफाको अवस्था (रु. हजारमा) :

बैंकचालु आवको ६ महिनाअघिल्लो आवको ६ महिना
नेपाल बैंक४६१०१७५९००५१
राष्ट्रिय वाणिज्य बैंक७६३०३३२०१५३८८
कृषि विकास बैंक९५७५४९१३५५२७५
नबिल बैंक३२४४२७७३२०३०७९
ग्लोबल आइएमई बैंक३०५३४८९२०४२३२९
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक२८३२३२६१८०१९४४
एभरेष्ट बैंक२०७४७६३१७१३१४८
एनएमबी बैंक२००३५४०१३७५९८७
प्राइम कमर्शियल बैंक१८६९९५०२१८२९२७
स्ट्याण्डर्ड चार्टर्ड बैंक१६४०६३०१७२६४२८
हिमालयन बैंक१५१८७७०१५०३५७४
सानिमा बैंक११९२३११११३८६१४
प्रभु बैंक१३३६१३८७२०३४१
लक्ष्मी सनराइज बैंक११६२०७६१०५९२१०
नेपाल एसबीआई बैंक९००२८१८४०५४१
माछापुच्छ्रे बैंक८०७३२७८०५३८०
सिटिजन्स बैंक६६१८२८७८२७८४
सिद्धार्थ बैंक५३०२२९११३६८२२
कुमारी बैंक२७५७३०८२७२११
एनआइसी एसिया बैंक१५१७३०१९०३८०७

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  २ : ३१ बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु