सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य आज स्थिर छ।

निर्धारित विनिमयदर अनुसार, सिङ्गापुर डलर, चिनियाँ युआन, थाई भाटको मूल्य वृद्धि भएको छ। युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, जापानी येन, डेनिस क्रोनर, कुवेती दिनारको मूल्य भने घटेको छ।

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ०३ पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ६५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपियाँ २५ पैसा र बिक्रीदर एक सय ६८ रुपियाँ ९८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ १३ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ७९ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ६३ पैसा र बिक्रीदर ८६ रुपियाँ, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ४९ पैसा र बिक्रीदर ९५ रुपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ९६ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ४० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ८५ पैसा र बिक्रीदर आठ रुपियाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८८ पैसा र बिक्रीदर १८ रुपियाँ ९६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८६ पैसा र बिक्रीदर ३७ रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ। 

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०३ पैसा र बिक्रीदर चार रुपियाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६५  पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६९ पैसा र बिक्रीदर ३० रुपियाँ ८२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ४८ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ३५ पैसा र बिक्रीदर १२ रुपियाँ ४० पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ १२ पैसा तोकिएको छ। 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७६ पैसा र बिक्रीदर १७ रुपियाँ ८४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४७ रुपियाँ ९७ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ९२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपियाँ ८४ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ४४ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५९ रुपियाँ १९ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ ७५ पैसा तोकिएको छ। यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा निर्धारण भएको छ। 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ५ : ४१ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा