आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

यु–१९ महिला विश्वकप

आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदै


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी यु-१९ महिला टी-२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ। माघ ५ गते शनिबार पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसियासहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।

पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो। जेपालले पहिलो खेलमा बंगलादेशसँग टस हारेर सुरुमा ब्याटिङ गरेको थियो। बंगलादेशविरुद्ध १८.२ ओभरमा नेपाल ५२ रनमा अलआउट भएको थियो। ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो।

स्कटल्याण्ड भने पहिलो खेलमा अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको हो। पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन्। समूह ‘डी’मा रहेका दुवै देश पहिलो जितको खोजीमा छन्।

नेपालको समूह चरणको अन्तिम अर्थात् तेस्रो भिडन्त माघ ९ गते अस्ट्रेलियासँग हुनेछ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ६ : ४२ बजे

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको