फिल्म ‘आउट ल : दफा २१९’को एक्सन दृश्य खिच्न सुशीलले शरीरमा लगाए आगो « Khabarhub

फिल्म ‘आउट ल : दफा २१९’को एक्सन दृश्य खिच्न सुशीलले शरीरमा लगाए आगो


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सुशील श्रेष्ठ आगामी प्रोजेक्ट फिल्म ‘आउट ल : दफा २१९’ व्यस्त छन् । फागुन २९ बाट प्रदर्शनमा आउने यो फिल्मको छायाङ्कन लगभग सकिएको छ ।

निर्माण पक्षले केही साताअघि ४० लाख खर्च गरेर एक्सनको दृश्य खिचेको दाबी गरेको थियो । यो फिल्मलाई सुशीलको महत्वकांक्षी प्रोजेक्टका रुपमा पनि लिइएको छ ।

कारण, ‘होस्टल–२’बाट ठूलो पर्दामा डेब्यू गरेका सुशीलका अन्य फिल्म बक्स अफिसमा सुखद सावित भएका छैनन् । उनलाई एउटा हिट फिल्म दिनुपर्ने दबाब जस्तै छ ।

‘आउट ल : दफा २१९’ छायाङ्कनमा सुशीलले धेरै लगाव दिएको पाइन्छ । हालसालै खिचिएको एक एक्सन दृश्यमा उनले आफ्नो शरीरमा आगो लगाएका छन् ।

निर्माण पक्षका अनुसार एक महत्वपूर्ण एक्सन दृश्यका लागि उनले शरीरमा आगो लगाएका हुन् । उक्त दृश्य छायाङ्कनको एक तस्बिर खबरहबलाई प्राप्त भएको छ ।

तस्बिरमा कालो उनी काेट-पाइन्ट ठाटिएका छन् भने शरीरमा लागो लागेको देख्न सकिन्छ । यस जोखिमपूर्ण एक्सन दिनुले पनि फिल्मप्रति उनको लगाव प्रष्ट पार्छ ।

‘आउट ल : दफा २१९’ एक्सन जनरामाको फिल्म भएको निर्माण पक्षले जनाएको छ । फिल्ममा करिब ५० मिनेट एक्सनका दृश्य समेटिएका छन् ।

यो फिल्मको टिजर सार्वजनिक भइसकेको छ । टिजरले एक किसिमको हाइप बटुल्न सफल भएको छ ।

फिल्मका लेखक र निर्देशक विक्की महर्जन हुन् । उनका अनुसार यस फिल्मलाई हलिउड र कोरियन शैलीमा कोरियोग्राफी गरिएको छ ।

फिल्मका लगानीकर्ता अमित अग्रहरि हुन् । फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारि लगायतका कलाकारलाई हेर्न पाइनेछ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ५१ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी