फिल्म ‘आउट ल : दफा २१९’को एक्सन दृश्य खिच्न सुशीलले शरीरमा लगाए आगो « Khabarhub

फिल्म ‘आउट ल : दफा २१९’को एक्सन दृश्य खिच्न सुशीलले शरीरमा लगाए आगो


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सुशील श्रेष्ठ आगामी प्रोजेक्ट फिल्म ‘आउट ल : दफा २१९’ व्यस्त छन् । फागुन २९ बाट प्रदर्शनमा आउने यो फिल्मको छायाङ्कन लगभग सकिएको छ ।

निर्माण पक्षले केही साताअघि ४० लाख खर्च गरेर एक्सनको दृश्य खिचेको दाबी गरेको थियो । यो फिल्मलाई सुशीलको महत्वकांक्षी प्रोजेक्टका रुपमा पनि लिइएको छ ।

कारण, ‘होस्टल–२’बाट ठूलो पर्दामा डेब्यू गरेका सुशीलका अन्य फिल्म बक्स अफिसमा सुखद सावित भएका छैनन् । उनलाई एउटा हिट फिल्म दिनुपर्ने दबाब जस्तै छ ।

‘आउट ल : दफा २१९’ छायाङ्कनमा सुशीलले धेरै लगाव दिएको पाइन्छ । हालसालै खिचिएको एक एक्सन दृश्यमा उनले आफ्नो शरीरमा आगो लगाएका छन् ।

निर्माण पक्षका अनुसार एक महत्वपूर्ण एक्सन दृश्यका लागि उनले शरीरमा आगो लगाएका हुन् । उक्त दृश्य छायाङ्कनको एक तस्बिर खबरहबलाई प्राप्त भएको छ ।

तस्बिरमा कालो उनी काेट-पाइन्ट ठाटिएका छन् भने शरीरमा लागो लागेको देख्न सकिन्छ । यस जोखिमपूर्ण एक्सन दिनुले पनि फिल्मप्रति उनको लगाव प्रष्ट पार्छ ।

‘आउट ल : दफा २१९’ एक्सन जनरामाको फिल्म भएको निर्माण पक्षले जनाएको छ । फिल्ममा करिब ५० मिनेट एक्सनका दृश्य समेटिएका छन् ।

यो फिल्मको टिजर सार्वजनिक भइसकेको छ । टिजरले एक किसिमको हाइप बटुल्न सफल भएको छ ।

फिल्मका लेखक र निर्देशक विक्की महर्जन हुन् । उनका अनुसार यस फिल्मलाई हलिउड र कोरियन शैलीमा कोरियोग्राफी गरिएको छ ।

फिल्मका लगानीकर्ता अमित अग्रहरि हुन् । फिल्ममा सुशीलसहित शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, सोनु लागुन, विशाल पहारि लगायतका कलाकारलाई हेर्न पाइनेछ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ५१ बजे

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि