भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित « Khabarhub

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने जुनियर प्रहरी अधिकृत निलम्बित भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् एसपी गौतम मिश्रले युवकलाई सडकमै लात्ती बर्साउने प्रहरी सहायक निरीक्षक बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको हो ।

युवकलाई भुजेलले लात्ती बर्साएको भिडियो एक प्रयोगकर्ताले फेसबुकमा हालिदिएपछि भाइरल भएको थियो । त्यसपछि प्रहरीको देशब्यापी विरोध भएको थियो।

प्रहरीले अनुसन्धानका क्रममा अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत भुजेलले गत पुस १५ गते राति भरतपुरस्थित बाइपास रोडमा ती युवकलाई निर्घात कुटपिटसहित लात्ती बर्साएका थिए ।

उक्त भिडियो गयरातिदेखि भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।

छानबिनका क्रममा पुस १५ गते राति चेकिङमा खटिएका असई भुजेलले ‘माथिको पावर देखाएको’ र ‘फोन गरेको’ भन्दै लात्तीले हानेर ती युवकलाई सडकमा लडाएका थिए । सडकमा लडेका ती युवकमाथि उनले निरन्तर लात्ती बर्साएका भिडियोमा देखिएको छ ।

प्रहरीले बाइपास सडकखण्डमा राति मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा घटना भएको हो । मोटरसाइकल रोकेको अवस्थामा असई भुजेलले ‘फोन गर्ने ?’, ‘माथिको पावर लगाउने ?’ भन्दै ती युवकलाई लात्ती बर्साएका थिए ।

प्रहरीले कुट्न थालेपछि चेकजाँच हुने स्थानबाट केही पर पुगेका ती युवकलाई दौडिँदै गएर भुजेलले लात्ती हानेर ढालेका थिए । लात्तीले हानेर बिजुलीको पोल छेउमा ती युवकलाई ढालेपछि असई भुजेलले लात्ती बर्साएका थिए ।

एसपी गौतम मिश्रले घटनाबारे छानबिन अघि बढिसकेकाले गल्ती गर्नेलाई नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताइसकेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  १ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको