सात वर्षपछि ‘कम ब्याक’ गर्दै छवि, भन्छन्- बोल्ने बेला भइसकेको छैन « Khabarhub

सात वर्षपछि ‘कम ब्याक’ गर्दै छवि, भन्छन्- बोल्ने बेला भइसकेको छैन


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता छवि ओझा नेपाली फिल्मको ‘बिग नेम’ हो । राजेश हमालको डेब्यू फिल्म ‘युगदेखि युगसम्म’को निर्माता पनि उनै हुन् ।

नायिका रेखा थापा, नायक आर्यन सिग्देल, विपना थापा, अरुणिमा लम्साल लगायत कलाकारलाई ब्रेक दिने निर्माता हुन्– छवि । उनकै फिल्मबाट ब्रेक पाएका धेरै सिनेमा क्षेत्रमा स्थापित छन् ।

विगतका वर्षमा छवि फिल्म निर्माणबाट विश्राममा छन् । नायिका शिल्पा पोखरेलसँग वैवाहिक बिग्रिएका कारण फिल्म बनाउन नपाएको बताउँदै आएका छन् ।

उनले पछिल्लो समय बनाएको फिल्म ‘मङ्गलम्’ हो । जसमा नायिका शिल्पा पोखरेल, नायक पुष्प खड्का, नायिका सम्राज्ञी आरएल शाह र नायक पृथ्वीराज प्रसाईं मुख्य भूमिकामा थिए ।

यो फिल्म वि.सं. २०७४ फागुमा प्रदर्शनमा आएको थियो । यही फिल्मको सिक्वेलबाट छविले फिल्म निर्माणमा ‘कमब्याक’ गर्ने पक्का भएको छ ।

छविले यस फिल्मको निर्देशकमा नवल नेपाललाई नै निरन्तरता दिएका छन् । आफूहरूबीच कागजी सम्झौता भइसकेको छवि बताउँछन् ।

सम्झौतापछि तस्बिर खिचाउँदै छवि र नवल ।

‘धेरै कुरा तय हुन बाँकी छ’

‘मङ्गलम्-२’ लाई छविको ‘छविराज प्रोडक्सन’ र ‘गुण सिनेमा प्रालि’को संयुक्त ब्यानरमा बनाउनले सहमति भएको बुझिएको छ । अर्थात् यो छविको एकल निर्माण होइन । यस फिल्मको निर्माता धिरज शाक्यसमेत रहने बताइएको छ ।

फिल्म बनाउने निर्णयमा पुगेर निर्देशकसँग सम्झौता भए पनि कथा, कलाकार र आवश्यक अरु कुराको तयारी गर्नै बाँकी रहेको उनी बताउँछन् ।

थप्छन्, ‘मैले निर्देशकसँग मात्रै सम्झौता गरेको हो । कथा फाइनल भएको छैन । उहाँले कुन कथा लिएर फिल्म बनाउनुहुन्छ पनि थाहा छैन । त‍य हुन बाँकी धेरै छ ।’

यस विषयमा अहिल्यै सार्वजनिक रुपमा बोल्न मन नभएको जिकिर उनले गरेका छन् । सम्झौताको कुरा निर्देशकबाटै सार्वजनिक भएको उनी दाबी गर्छन् ।

भन्छन्, ‘मैले फिल्म बनाउने हो सबै कुरा तय भएपछि खुलेर बोलिहाल्छु । अहिल्यै बोल्ने बेला भएको छैन ।’

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ४६ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा