रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर « Khabarhub

रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर काठमाडौं आइपुगेका छन् ।

धरानमा पानीको हाहाकार भइरहेपछि उनी खानेपानीमन्त्री प्रदीप यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न रित्तो गाग्री बोकेर सोमबार काठमाडौं उत्रिएका हुन् ।

खानेपानी समस्या समाधानका लागि सरकारले प्रबन्ध नगरेको भन्दै मेयर साम्पाङ रुष्ट छन् । उनी यस्तो अवस्थामा खानेपानीमन्त्री यादव र प्रधानमन्त्री ओलीलाई भेट्न रित्तै गाग्री लिएर आएका हुन् ।

उनी मंगलबार उक्त रित्तो गाग्रीसहित प्रधानमन्त्रीसहितलाई भेट्न सिंहदरबार छिर्ने भएका छन् ।

यसअघि आइतबार बिहान धरानको खानेपानी समस्या समाधान माग गर्दै मेयर हर्कसहितले प्रदर्शन गरेका थिए । सोमबार बिहान काठमाडौंतर्फ लाग्नुअघि उनले फेसबुकमा गाग्री लिएर काठमाडौं हिँडेको बताएका थिए ।

‘आन्दोलन गर्न थोत्रे गाग्री बोकेर आज काठमाडौँ जाँदै छु । जनतालाई दीर्घकालीन खानेपानी व्यवस्था गर्न सक्नुपर्छ सरकारले’, उनले भनेका थिए ।

पूर्वका सहरहरूमध्ये धरानमा पानीको चर्को अभाव छ । सप्तकोशीको पानी ल्याउने भनिए पनि पर्याप्त बजेट नहुँदा समस्या भएको छ ।

मेयर साम्पाङले धरानमा अहिले कोकाहा खोलाको पानी अस्थायी रुपमा ल्याएका छन् । कोकाहाको पानी ल्याएको पाइप जमिन र रुखमा बाँधिएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ४ : ०३ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु