उकालो लाग्दै नेपालको वैदेशिक व्यापार, ३१ प्रतिशतले बढ्यो निर्यात « Khabarhub

उकालो लाग्दै नेपालको वैदेशिक व्यापार, ३१ प्रतिशतले बढ्यो निर्यात


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले गत आर्थिक वर्षको अर्धवार्षिक अवधिको तुलनामा चालु आवको सोही अवधिमा नेपालको वैदेशिक व्यापारमा वृद्धि भएको देखाएको हो ।

तथ्याङ्कअनुसार गत आवको ६ महिनाको तुलनामा चालु आवको ६ महिनामा आयाततर्फ ७.०६ प्रतिशत र आयाततर्फ ३१.७८ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।

चालु आवको ६ महिनामा नेपालबाट ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जब कि अघिल्लो आवको सोही अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख ७९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

त्यस्तै, चालु आवको ६ महिनामा नेपालमा विभिन्न देशबाट आठ खर्ब २२ अर्ब ३७ करोड ५ लाख ४६ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो आवको सोही अवधिमा भने यस्तो आयात ७ खर्ब ६८ अर्ब १६ करोड ६५ लाख ७१ हजार रुपैयाँ बराबरको भएको थियो ।

तथ्याङ्कअनुसार चालु आवको अर्धवार्षिक समयमा अघिल्लो आवको सोही अवधिको तुलनामा नेपालको कूल वैदेशिक व्यापारमा ९.२५ प्रतिशतले वृद्धि भएको भने व्यापार घाटा ४.३८ प्रतिशतले वृद्धि भएको छ ।

नेपालले चालु आवको ६ महिनाको अवधिमा विभिन्न मुलुकसँग वैदेशिक व्यापार गरेको छ । जसमध्ये सो अवधिमा भारतबाट पाँच खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बढीको वस्तु आयात गरेको र भारतमा ७३ अर्ब ७१ अर्ब रुपैयाँ बढीको मात्रै वस्तु निर्यात गरेको तथ्याङ्कले देखाएको छ । ६ महिना अवधिको वैदेशिक व्यापारमा भारतसँग मात्रै चार खर्ब २९ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा भएको छ ।

त्यस्तै; समीक्षा अवधिमा नेपालले चीनबाट एक खर्ब ६० अर्ब ५४ करोड बढीको वस्तु आयात गरेको छ भने एक अर्ब ९२ करोड २२ लाख ६७ हजार रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ ।

समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै ५४ अर्ब ३६ करोड ६५ लाख पाँच हजार रुपैयाँ बराबरको डिजेल, ३२ अर्ब १४ करोड ९३ लाख ३८ हजार रुपैयाँ बराबरको पेट्रोल र २९ अर्ब ७९ करोड ७० लाख ६३ हजार रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

सबैभन्दा धेरै आयात हुने चौथो वस्तु फलाम २५ अर्ब ७१ करोड ७९ लाख २६ हजार र पाँचौ वस्तु सोयाबिन तेल उत्पादन गर्ने कच्चा दाना भटमास २४ अर्ब ३७ करोड २४ लाख ३५ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ४ : १७ बजे

कुमारी बैंक र आरोग्य वेल केयर क्लिनिकबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट

नेपालले चुच्चे नक्सासहितको १०० रुपैयाँको नोट जारी गर्दा भारतमा तरंग

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारदेखि चुच्चे नक्सा समेटिएको १०० रुपैयाँको

मन्त्री घिसिङ पनि फिल्डमा खटेर रातारात पुरिँदै सडकका खाल्डा

काठमाडौं- काठमाडौंका साघुँरा सडकमा असङ्ख्य सवारीसाधनको ठेलमठेल । त्यसैमाथि सडकको

प्रियांक र विलियमको बलियो साझेदारीमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको

विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामबहादुर रानाभाटसमेत रहेको गैरकानूनी सम्पत्ति