माघ १८ गते संसद्‍को हिउँदे अधिवेशन बोलाउन सिफारिस « Khabarhub

माघ १८ गते संसद्‍को हिउँदे अधिवेशन बोलाउन सिफारिस


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दलहरूको विरोधको स्वर बढिरहेका बेला सरकारले संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन माघ १८ गते दिउँसो १ बजे बोलाउन सिफारिस गरेको हो । मंगबालर बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको खानेपानीमन्त्री प्रदीप यादवले बताएका छन् ।

यसअघि संसद्को हिउँदे अधिवेशन बोलाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो ।

सोमबार दिउँसो १२ बजे सिंहदरबारमा भएको छलफलमा यही माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने गरी छलफल भएको थियो । उक्त छलफलअनुसार नै सरकारले हिउँदे अधिवेशन आह्वान गरेको हो ।

प्रधानमन्त्री र सभामुखको भेटपछि बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गतेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाउने गरी राष्ट्रपतिकहाँ सिफारिस गरेको हो ।

हिउँदे अधिवेशन सुरु नहुँदा धेरै विधेयक र प्री-बजेटमाथि छलफल गर्न नपाइएको भन्दै विपक्षी दलहरूले केही दिनअघि ध्यानाकर्षण गराएका थिए ।

नेकपा मा‌ओवादी केन्द्रसहितका विपक्षी सात दलले शुक्रबार पत्रकार सम्मेलन गरेर हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने बताएका थिए ।

सरकारले गत वर्षभन्दा डेढ महिना ढिलो संसद्को हिउँदे अधिवेशन बोलाउन लागेको हो । यसअघि संसद् अधिवेशन नबोलाई सरकारले ५ वटा अध्यादेश जारी गरिसकेको छ । त्यसको पनि विपक्षी दलहरूले विरोध गरिरहेका थिए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ५ : ४६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको