मार्बुका ग्रामीण सडक स्तरोन्नति गरिँदै « Khabarhub

मार्बुका ग्रामीण सडक स्तरोन्नति गरिँदै


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-७ मार्बु अन्तर्गत पर्ने ग्रामीण सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ।

गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिएको वैतेश्वर गाउँपालिकाले अन्य वडाको जस्तै गरी वडा नम्बर-७ का ग्रामीण सडक निर्माणलाई पनि प्राथमिकता दिएर विकास गरिरहेको सोमबार निर्माणाधीन सडक अनुगमन गर्ने मार्बु पुगेका गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।

लामाका अनुसार वैतेश्वर गाउँपालिकाले गत वर्ष र यस आर्थिक वर्षमा वडा नम्बर-७ मार्बुमा करिब १६ सय मिटर ढलान भएको बताए ।

गत वर्ष गाउँपालिकाले विनियोजन गरेको बजेटले च्यानडाँडा- छाप सडकमा सात सय ५२ मिटर सडक ढलान गरिएको बताए । त्यसै गरी गत वर्षनै सोही वडाको ठोट्नेरी सडकमा पनि एक सय ४४ मिटर सडक ढलान भएको उनले बताए ।

गाउँपालिकाले चालु वर्ष पनि वडा नम्बर-७ को नाम्दु-मार्बु सडक खण्डकै कान्लेमा उपभोक्ता समिति मार्फत ३ सय ७० मिटर सडक ढलान सम्पन्न भएको सडक अनुगमनको क्रममा बताए ।

त्यसै गरी अन्य विभिन्न निकाय मार्फत नाम्दु, मार्बु, क्षेत्रपा सडक खण्डमा ठेक्का मार्फत सडक विभाग अन्तर्गतको बजेटबाट एक सय ६० मिटर ढलान हुने तथा स्थानीय विकास पूर्वाधार अन्तर्गत ४ सय मिटर सडक ढलान हुने समेत अध्यक्ष लामाले जानकारी दिए ।

अध्यक्ष लामाले सडक अनुगमनकै क्रममा अन्य सडकलाई जस्तै गरी नाम्दु-मार्बु सडकलाई पनि प्राथमिकता दिएर आफ्नो बाकी कार्यकाल भित्र वडा कार्यालयसम्मै पक्की सडक निर्माण गरेर पुर्‍याउने समेत बताए । 

ढलान सुरु गरिएका सडकलाई आगामी वर्ष पनि निरन्तरता दिन पालिकाबाट बजेट विनियोजन गरेर मुख्य सडकको स्तरोन्नति गर्ने लामाले बताए । -सुबास बस्नेत

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ६ : १३ बजे

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ