हुलाकी राजमार्ग छिट्टै सम्पन्न हुन्छ : मन्त्री दाहाल « Khabarhub

हुलाकी राजमार्ग छिट्टै सम्पन्न हुन्छ : मन्त्री दाहाल


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन हुलाकी राजमार्गको कामलाई छिटोछरितो रुपमा सम्पन्न गर्न सरकार लागि परेको बताएका छन् ।

नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा रहेको जीर्ण पुलको आज स्थलगत निरीक्षण गर्दै मन्त्री दाहालले ढिलासुस्ती नहुने गरी काम अघि बढाउन सरकार गम्भीर रहेको बताए। पेडारी नालाको पुलका लागि अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भइसकेकाले केही दिनमा टेण्डर आह्वान भई काम सुरु हुने उनले जानकारी दिए ।

मन्त्री दाहालले भने, ‘‘हुलाकी सडकअन्तर्गत खजुराको पेडारी नालासहित अन्य आवश्यक स्थानमा पुल निर्माणका लागि केही दिनमा टेण्डर आह्वान हुन्छ ।’’

सो अवसरमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक, नेकपा ९एमाले० का प्रदेश कमिटी सदस्य किस्मतकुमार कक्षपतिलगायतले ५२ वर्ष पुरानो पुल जुनसुकै बेला भत्किने जोखिम भएकाले नयाँ पुल छिटो बनाउन आग्रह गरे ।

सडक डिभिजन कार्यालयअन्तर्गत खजुरामा एक हजार आठ मिटर लम्बाइको चारलेन सडकको काम सात वर्षसम्म पूर्ण हुन नसकेको भन्दै कानुनी अड्चन फुकाएर छिटो काम हुने वातावरण बनाइ दिन खजुरावासीका तर्फबाट मन्त्री दाहालको ध्यानाकर्षण गराइएको अध्यक्ष विकले बताए ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार पेडारी नालामा करिब रु १४ करोडको लागतमा २२ मिटर चौडाइ र ३३ मिटर लम्बाइको पुल निर्माण गरिने छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : १७ बजे

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक