कनकाई कप–२०८१ : बेलबारी र सिक्किम फाइनलमा « Khabarhub

कनकाई कप–२०८१ : बेलबारी र सिक्किम फाइनलमा


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा जारी ‘कनकाई कप–२०८१’ भलिबल प्रतियोगितामा मोरङको बेलबारी नगरपालिका र पाहुना टिम भारतको टीभीए सिक्किम फाइनलमा प्रवेश गरेका छन् ।

सुरुङ्गा जेसीजको आयोजनामा कनकाई माविको खेल मैदानमा आज भएको सेमिफाइनलमा विजयी हुँदै बेलबारी र पाहुना टिम सिक्किम फाइनलमा प्रवेश गरेका हुन् ।

पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई २५–२१, २७–२५ र २५–१७ ले पराजित गर्दै मोरङको बेलबारी नगरपालिका फाइनलमा प्रवेश ग(यो भने दोस्रो सेमिफाइनलमा शिवसताक्षी नगरपालिकालाई २५–२२, २५–६ र २५–१७ को स्कोरले पराजित गर्दै टीभीए सिक्किमले फाइनलको यात्रा तय गरेको हो । बेलबारी र सिक्किमबीच फाइनल खेल मङ्गलबार हुनेछ ।

प्रतियोगिताका विजेताले नगद रू एक लाख ११ हजार एक सय ११ र उपविजेताले नगद रू ६१ हजार एक सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका संयोजक जेनिस चौलागाईले जानकारी दिए ।

सर्वोत्कृष्ट खेलाडीले ३२ इञ्चको स्मार्ट रङ्गीन टेलिभिजन र विभिन्न पाँच विधाका उत्कृष्ट खेलाडीलाई जनही रू पाँच हजार एक सय पुरस्कार प्रदान गरिने सुरुङ्गा जेसीजका सन् २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु)ले बताए ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : ३७ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल