च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डका विल र टमको शतकले पाकिस्तान घरेलु मैदानमा पराजित « Khabarhub

च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डका विल र टमको शतकले पाकिस्तान घरेलु मैदानमा पराजित


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

कराँची – च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले ६० रनले हराएको छ। ३२१ रनको लक्ष्य पाएको पाकिस्तान ४७.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २६० रनमा सीमित भएको हो।

पाकिस्तानका कुसदिल साहले विस्फोटक ब्याटिङ गर्दै ४९ बलमा ६९ रन जोडे। उनले १० चौका र १ छक्का प्रहार गरे। यसैगरी बाबर आजमले ६४ रनको योगदान गरे।

न्युजिल्यान्डका विल ओ रोरुकले ९ ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए। यसैगरी माइकल सान्टनरले १० ओभरमा ६६ रन खर्चेर समान ३ विकेट हात पारे। म्याट हेन्रीले ७.२ ओभरमा २५ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५ विकेटको क्षतिमा ३२० रन जोडेको हो। उसका लागि पाकिस्तानविरुद्ध दुई ब्याट्सम्यानले शतक प्रहार गरे। न्युजिल्यान्डका विल योङले १०७ तथा टम लाथमले अविजित ११८ रन जोडे। विस्फोटक ब्याटिङ गरेका ग्लेन फिलिप्सले ३९ बलमा ६१ रन जोडे। लाथम सो खेलका म्यान अफ द म्याच बने।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : ४५ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय