देशमा सुशासन छैन : शेखर कोइराला « Khabarhub

देशमा सुशासन छैन : शेखर कोइराला


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा सुशासन नभएको बताएका छन् । प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले देशको अवस्था नाजुक भएको र सुशासन नभएको बताएका हुन् । 

अहिले देशको अवस्था नाजुक रहेको र हामी सबैले गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको कोइरालाले बताए ।

 ‘सरकार समेत यसमा गम्भीर बन्नुपर्दछ,’ उनले भने, ‘हैन भने देश अप्ठ्यारोमा जान्छ । यो देशमा सुशासन  छँदै छैन।’  

अहिलेको गठबन्धन सरकार बन्नका लागि ७ बुँदे समझदारी गरेको र तर त्यो कार्यान्वयन नभएको कोइरालाले बताए । 

नेपाली कांग्रेस पुरै संस्थापन पक्ष रहेको र हामी सबै एउटै भएको बताए ।

 ‘कांग्रेसको विधान अनुसार समयमा महाधिवेशन गरौँ भनेको छु,’ उनले भने,‘महाधिवेशन समयमै गर्नुपर्छ। चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम बन्छ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १२ : ३१ बजे

प्रधानमन्त्री नेतन्याहूले भने- ‘म जिउँदै छु’, मृत्युको हल्ला झुटो

काठमाडौं- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जालमा फैलिएको आफ्नो मृत्युसम्बन्धी हल्लालाई अस्वीकार

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण