देशमा सुशासन छैन : शेखर कोइराला « Khabarhub

देशमा सुशासन छैन : शेखर कोइराला


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशमा सुशासन नभएको बताएका छन् । प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले देशको अवस्था नाजुक भएको र सुशासन नभएको बताएका हुन् । 

अहिले देशको अवस्था नाजुक रहेको र हामी सबैले गम्भीर भएर अगाडि बढ्नुपर्ने अवस्था आएको कोइरालाले बताए ।

 ‘सरकार समेत यसमा गम्भीर बन्नुपर्दछ,’ उनले भने, ‘हैन भने देश अप्ठ्यारोमा जान्छ । यो देशमा सुशासन  छँदै छैन।’  

अहिलेको गठबन्धन सरकार बन्नका लागि ७ बुँदे समझदारी गरेको र तर त्यो कार्यान्वयन नभएको कोइरालाले बताए । 

नेपाली कांग्रेस पुरै संस्थापन पक्ष रहेको र हामी सबै एउटै भएको बताए ।

 ‘कांग्रेसको विधान अनुसार समयमा महाधिवेशन गरौँ भनेको छु,’ उनले भने,‘महाधिवेशन समयमै गर्नुपर्छ। चुनावपछि महाधिवेशन गरेको खण्डमा कांग्रेसको हालत खतम बन्छ ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १२ : ३१ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा