‘मह’को स्पष्टीकरण- कुनै धर्मको विरोध गरेका छैनौँ, अनर्गल प्रचार भयो « Khabarhub

‘मह’को स्पष्टीकरण- कुनै धर्मको विरोध गरेका छैनौँ, अनर्गल प्रचार भयो


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरूविरुद्ध केही दिनयता अनर्गल प्रचार गरिएको बताएका छन् ।

दुवैजनाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै आफूहरूले कुनै पनि धर्मविरुद्ध काम नगरेको भन्दै अनर्गल प्रचार रोकिदिन भनेका हुन् ।

अमेरिकी संस्था यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको आरोपसहितको प्रचारले दुःखी बनाएको भन्दै उनीहरूले भ्रममा नपर्न आग्रह गरेका छन् ।

महमध्येका हरिवंशले आफूहरू अहिले दुईवटा चलचित्रमा काम गरिरहेकाले अनावश्यक भ्रम छरेर दुःख दिने काम भइरहेको गुनासो गरेका हुन् ।

‘यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरिएको छ । यसले अत्यन्त दुःखी गराएको छ’, मदनकृष्णले भने, ‘संसारमा राम्रा पनि छन्, नराम्रा पनि छन् । हामीले राम्रो मात्रै छानेर काम गर्दै आएका छौँ । रोगका विषयमा हामीले जनचेतना फैलाउने काम गरेका छौँ ।’

महजोडीले के भने ?

महजोडीले यूएसएडको पैसा लिएर धर्म विरोधी काम गरे । धर्म विरोधी प्रचार गर्दै हिँडे भन्दै अनर्गल प्रचार भइरहेको छ । यसले हामीलाई चित्त दुखाएको छ । हामी सबैलाई आफ्नो सम्झन्छौँ । तर, हितैसिबाटै यस्तो कुरा सुन्नुपर्दा अत्यन्तै चित्त दुखेको छ । हामीलाई राम्रो र नराम्रो दुवै कामको अफर आउँछ । यसमा हामीले राम्रो राम्रो मात्र छानेर काम गर्दै आइरहेका छौँ ।

कुष्टरोग, क्षयरोग र खोपका कुराहरुमा हामीले काम गरेका छौँ । यी कुनैपनि अधर्मको काम होइन । तपाईंहरूले हाम्रो टेलिफिल्म पूरा हेरेर मात्र बोल्नु भए हुन्छ । नचाहिँदो कुरा हामीले बोलेका छैनौँ । अनर्गल प्रचार नगरिदिनुहोला । अहिले हामी दुईवटा चलचित्रको छायाँकनमा छौँ । एउटा मदनदाई र अर्को मैले खेलिरहेका छौँ । यस्तो अनर्गल प्रचारहरू आउनुअघि नै हामीले भगवानको मन्दिरमा चलचित्रको शुभारम्भ गरेका थियौँ ।

यूएसएडको कुरा आउँदा जहाँसम्म हामीलाई लाग्छ, हामीले बनाएका मदनबहादुर, हरिबहादुर र आमा र विभिन्न खोपका कार्यक्रम हामीले गरेका छौँ। ती सबै हामीले युट्युबमा कितावजस्तै छर्लङ्ग राखेका छौँ । त्यो तपाईंहरूले पल्टाएर हेर्नु भए हुन्छ । त्यहाँ हामीले सनातन हिन्दुधर्म र बौद्ध धर्मको विरोध गरेका छैनौँ । अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौँ । यो अनर्गल प्रचार हो । हामीले २०५२ सालमा पञ्चाय व्यवस्थाबारे सराद्धे नामको एउटा कार्यक्रम गरेका थियौँ । हामीले त्यो पण्डित पात्रमार्फत् त्यसबेलाको प्रवृत्तिमाथि व्यङ्ग्य गरेका थियौँ । पण्डित भन्दैमा भगवना हुँदैनन् ।

म पनि एउटा पण्डितको छोरा हुँ । व्यङ्ग्य भनेको नेता, पुलिस, डाक्टर, वकिल, कलाकार सबैलाई गर्न पाइन्छ । त्यही टेलिफिल्मका साना-साना टुक्रा राखेर सनातन धर्मको विरोध गर्‍यो भनेर प्रचार भइरहेको छ । तर, हामी हाम्रो काममा निरन्तर लागिरहन्छौँ । यसता कुरा आयो भनेर हामी हतोत्साहित भएर पछाडि फर्किदैनौँ । हामी नेपाली जनतालाई आग्रह गर्न चाहन्छौँ । यस्ता भ्रामक कुराको विश्वास नगरिदिनुहोला ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १२ : ५९ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को