‘मह’को स्पष्टीकरण- कुनै धर्मको विरोध गरेका छैनौँ, अनर्गल प्रचार भयो « Khabarhub

‘मह’को स्पष्टीकरण- कुनै धर्मको विरोध गरेका छैनौँ, अनर्गल प्रचार भयो


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरूविरुद्ध केही दिनयता अनर्गल प्रचार गरिएको बताएका छन् ।

दुवैजनाले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै आफूहरूले कुनै पनि धर्मविरुद्ध काम नगरेको भन्दै अनर्गल प्रचार रोकिदिन भनेका हुन् ।

अमेरिकी संस्था यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको आरोपसहितको प्रचारले दुःखी बनाएको भन्दै उनीहरूले भ्रममा नपर्न आग्रह गरेका छन् ।

महमध्येका हरिवंशले आफूहरू अहिले दुईवटा चलचित्रमा काम गरिरहेकाले अनावश्यक भ्रम छरेर दुःख दिने काम भइरहेको गुनासो गरेका हुन् ।

‘यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरिएको छ । यसले अत्यन्त दुःखी गराएको छ’, मदनकृष्णले भने, ‘संसारमा राम्रा पनि छन्, नराम्रा पनि छन् । हामीले राम्रो मात्रै छानेर काम गर्दै आएका छौँ । रोगका विषयमा हामीले जनचेतना फैलाउने काम गरेका छौँ ।’

महजोडीले के भने ?

महजोडीले यूएसएडको पैसा लिएर धर्म विरोधी काम गरे । धर्म विरोधी प्रचार गर्दै हिँडे भन्दै अनर्गल प्रचार भइरहेको छ । यसले हामीलाई चित्त दुखाएको छ । हामी सबैलाई आफ्नो सम्झन्छौँ । तर, हितैसिबाटै यस्तो कुरा सुन्नुपर्दा अत्यन्तै चित्त दुखेको छ । हामीलाई राम्रो र नराम्रो दुवै कामको अफर आउँछ । यसमा हामीले राम्रो राम्रो मात्र छानेर काम गर्दै आइरहेका छौँ ।

कुष्टरोग, क्षयरोग र खोपका कुराहरुमा हामीले काम गरेका छौँ । यी कुनैपनि अधर्मको काम होइन । तपाईंहरूले हाम्रो टेलिफिल्म पूरा हेरेर मात्र बोल्नु भए हुन्छ । नचाहिँदो कुरा हामीले बोलेका छैनौँ । अनर्गल प्रचार नगरिदिनुहोला । अहिले हामी दुईवटा चलचित्रको छायाँकनमा छौँ । एउटा मदनदाई र अर्को मैले खेलिरहेका छौँ । यस्तो अनर्गल प्रचारहरू आउनुअघि नै हामीले भगवानको मन्दिरमा चलचित्रको शुभारम्भ गरेका थियौँ ।

यूएसएडको कुरा आउँदा जहाँसम्म हामीलाई लाग्छ, हामीले बनाएका मदनबहादुर, हरिबहादुर र आमा र विभिन्न खोपका कार्यक्रम हामीले गरेका छौँ। ती सबै हामीले युट्युबमा कितावजस्तै छर्लङ्ग राखेका छौँ । त्यो तपाईंहरूले पल्टाएर हेर्नु भए हुन्छ । त्यहाँ हामीले सनातन हिन्दुधर्म र बौद्ध धर्मको विरोध गरेका छैनौँ । अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौँ । यो अनर्गल प्रचार हो । हामीले २०५२ सालमा पञ्चाय व्यवस्थाबारे सराद्धे नामको एउटा कार्यक्रम गरेका थियौँ । हामीले त्यो पण्डित पात्रमार्फत् त्यसबेलाको प्रवृत्तिमाथि व्यङ्ग्य गरेका थियौँ । पण्डित भन्दैमा भगवना हुँदैनन् ।

म पनि एउटा पण्डितको छोरा हुँ । व्यङ्ग्य भनेको नेता, पुलिस, डाक्टर, वकिल, कलाकार सबैलाई गर्न पाइन्छ । त्यही टेलिफिल्मका साना-साना टुक्रा राखेर सनातन धर्मको विरोध गर्‍यो भनेर प्रचार भइरहेको छ । तर, हामी हाम्रो काममा निरन्तर लागिरहन्छौँ । यसता कुरा आयो भनेर हामी हतोत्साहित भएर पछाडि फर्किदैनौँ । हामी नेपाली जनतालाई आग्रह गर्न चाहन्छौँ । यस्ता भ्रामक कुराको विश्वास नगरिदिनुहोला ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १२ : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै