केआईआईटीले प्रकृतिको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने « Khabarhub

केआईआईटीले प्रकृतिको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको ओडिसास्थित भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थी प्रकृति लम्सालको नाममा छात्रवृत्ति कोष स्थापना गर्ने भएको छ ।

उनी आइतबार कलेजको होस्टेलमा मृत भेटिएकी थिइन् । उनको बुधबार राति नेपालमा शव ल्याई दाहसंस्कार गरिएको छ ।

केआईआईटीकी संस्थापक अच्युता सामन्ताले प्रकृतिका नाममा छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा गरेकी हुन् ।

केआईआईटी नेतृत्वले प्रकृतिका बुवा सुनिल लम्साल र काकासँग भेट गरेपछि छात्रवृत्ति कोष स्थापना गर्ने घोषणा भएको हो ।

प्रकृतिको न्यायका लागि नेपालीसहित भारतीय विद्यार्थीहरूले पनि आन्दोलन गरेपछि केआईआईटी कलेज झुक्न बाध्य भएको हो ।

प्रकृतिको शव होस्टेलमै झुन्डिएकव अवस्थामा भेटिएपछि न्यायिक छानबिनको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाली विद्यार्थीमाथि अपमानपूर्वक दमन गरिएको थियो ।

केआईआईटी संस्थापक अच्युता सामन्ताले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाली विद्यार्थीको सुरक्षित फिर्तीबारे कुराकानी गरेकी छन् ।

बुधबार कलेज प्रशासनले नेपाली विद्यार्थीका आफन्तसँग जुम मिटिङ गरेको थियो ।

त्यसपछि नेपाल आइपुगेका र भारतकै विभिन्न सहरमा रहेका नेपाली विद्यार्थी कलेज फर्किन थालेका छन् ।

बुधबार साँझसम्म एक सय नेपाली विद्यार्थी मात्र होस्टलमा थिए । कलेजेको होस्टलमा ११ सय ८० जना नेपाली विद्यार्थी बस्दै आएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १ : २२ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट