कर्णालीमा ९५ प्रतिशत किशोरीमा एचपीभी खोप लगाइयो « Khabarhub

कर्णालीमा ९५ प्रतिशत किशोरीमा एचपीभी खोप लगाइयो


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा ९५ प्रतिशत किशोरीमा क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा किशोरीलाई क्यान्सर विरुद्धको एभपीभी खोप लगाइएको हो । 

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रबिन खड्का अनुसार सबैभन्दा बढी जाजरकोटमा १०५ प्रतिशत, सुर्खेतमा १०३ प्रतिशत, रुकुमपश्चिममा ९७ प्रतिशत, दैलेखमा ९७ प्रतिशत, सल्यान ९४ प्रतिशत, मुगुमा ९४ प्रतिशत,  कालिकोटका ९२ प्रतिशत र जुम्ला जिल्लामा ९६ प्रतिशत किशोरीलाई क्यान्सर विरुद्धको एचपीभी खोप लगाइएको हो । 

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका एक लाख २० हजार ५१० जना किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाइने योजना थियो । 

कर्णालीका १० दश जिल्लामध्ये जुम्लाका आठ हजार आठ सय २९ जना, मुगुका चार हजार ३७९ जना, डोल्पा दुई हजार ६४१ जना, हुम्लाका तीन हजार ७३६ जना, कालिकोट ११ हजार ९२३ जना, रुकुमपश्चिम १२ हजार १०६ जना, सल्यानमा १४ हजार ५१३ जना, सुर्खेत २८ हजार ३४० जना, जाजरकोट १५ हजार ९५२ जना र दैलेखमा १८ हजार ९१ जना किशोरीसहित कुल १ लाख २० हजार ५१० जना किशोरी खोप लगाउने योजना रहेको थियो ।
 
हुम्ला र डोल्पा जिल्लामा किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप चैत्र र वैशाख महिनामा सञ्चालन हुने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. खड्काले बताए । 

‘हिमाली जिल्लाका विद्यालयमा जाडो बिदा भएको कारणले चैत्र र वैशाख महिनामा खोप लगाउने योजना रहेको छ,’ उनले भने, ‘कर्णालीका अन्य आठ जिल्लाका किशोरीलाई एचपीभी खोप दिइएको हो ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १ : ३१ बजे

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि

सुनको मूल्य निरन्तर बढ्दो, तोलामा दुई लाख ७७ हजार नाघ्यो

काठमाडौं– विवाहको याम सुरु भएसँगै सुनको मूल्य निरन्तर बढिरहेको छ