प्रयागराजमा सार्वजनिक भइसकेको थियो देउवाको फोटोसहितको ब्यानर « Khabarhub

प्रयागराजमा सार्वजनिक भइसकेको थियो देउवाको फोटोसहितको ब्यानर

उच्चस्तरीय भेट नहुने भएपछि भ्रमण नै रद्द


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतका लागि उत्तर प्रदेश सरकारले अन्तिम तयारी गरिरहेको थियो ।

उत्तर प्रदेश सरकारको आयोजनामा प्रयागराजमा हुने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेइनबेलिटी’ कार्यक्रमका मुख्य वक्ताका रुपमा ब्यानरसमेत सार्वजनिक भएको थियो ।

इन्डिया फाउन्डेशनले देउवालाई मुख्य वक्ताका रुपमा प्रस्तुत गर्दै उनको ठूलो फोटोसहितको ब्यानर सार्वजनिक गरेको थियो । देउवा वक्ता रहेको उक्त कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने तालिका थियो ।

पूर्वप्रधानमन्त्री देउवा शुक्रबार सहभागी हुने कार्यक्रमका लागि आयोजकले उनको नाममा कार्यक्रमको ब्यानरसमेत तयार पारेर सार्वजनिक गरिसकेको थियो ।

तर देउवाले दिल्लीमा उच्च राजनीतिक भेटघाट नहुने भएपछि बिहीबार बिहान भारत भ्रमण अचानक स्थगित गरे । उनी एअर इण्डियाको जहाजबाट बिहीबार दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जाने तालिका थियो ।

परराष्ट्रमन्त्रीसमेत रहेकी श्रीमती डा.आरजु राणा देउवा बिहीबार ओमनबाट स्वदेश फर्केलगत्तै देउवाले भारत भ्रमण स्थगित गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पनि देउवाले भारत भ्रमण स्थगित गरेको पुष्टि गरेका छन् ।

स्रोतका अनुसार दिल्लीमा उच्चस्तरीय भेटवार्ता नहुने भएपछि देउवाले भारत भ्रमण स्थगित गरेका हुन् ।

दिल्लीमा बिहीबार नै नयाँ मुख्यमन्त्री रेखा गुप्ताको शपथ ग्रहण तय भएको छ ।

वेटिङ प्राइममिनिस्टरका रूपमा हेरिएका देउवा दिल्लीसँग सम्बन्ध सुधार गर्न चाहन्थे । तर विदेशमन्त्री एस. जयशंकर र प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत भेट नदिने भएपछि देउवाले भ्रमण रद्द गरिदिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  २ : ११ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल