पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ प्रतिशत प्रगति « Khabarhub

पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ प्रतिशत प्रगति


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ ।

पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक किमी सडक कालोपत्रे गरिएको हो । त्यसमा ३४ दशमलव पाँच चार लेन र तीन दशमलव एक दुई लेन सडक कालोपत्रे गरिएको हो । 

आयोजनाका अनुसार ४४ किमी सडकमा दोस्रो (अन्तिम चरण) को कालोपत्र भएको छ । सोमा १५ दशमलव छ चार लेन र १२ दशमलव ७३ किलोमिटर दुई लेन रहेको आयोजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।

पहिलो चरणमा छ सेन्टिमिटर मोटाइको सडक कालोपत्रे गरिएको थियो । दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्रे हुनेछ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्रे कार्य अघि बढाउनाका साथै कालोपत्रे नगरिएका स्थानमा पनि काम सुरु गरिएको उनले बताए। 

‘दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्रे भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको छ’, उनले भने, ‘जिल्लाको सदरमुकाम दमौली खण्डमा अहिले सडक विस्तार कार्यले गति लिइरहेको छ ।’ 

पृथ्वी राजमार्गको पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले रु छ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०८१ वैशाखसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो । हाल पुनः म्याद थप गरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ । एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  २ : ०९ बजे

बढ्दो तनावबीच अमेरिकाले गर्‍यो खाडी मुलुकका दूतावास बन्द

एजेन्सी– बढ्दो तनावका बीचमा संयुक्त राज्य अमेरिकाले मध्यपूर्व र खाडी

मध्यपूर्वमा तनाव : अहिलेसम्म एक जनाको मृत्यु, ट्रान्जिटमा रोकिएकासहित सबै सुरक्षित, कोही घाइते छैनन्

काठमाडौं- इजरायल र अमेरिकाले इरानमा आक्रमण थालेपछि मध्यपूर्व क्षेत्रमा रहेका

नियन्त्रणमा आयो दाउरा थकालीको आगलागी, क्षतिको मूल्यांकन हुँदै (तस्बिरहरू)

काठमाडौं– ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा भएको आगलागी नियन्त्रणमा आएको छ

यस्तो छ, निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने आचरण

काठमाडौं– निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका

भारतीय एयरलाइन्सद्वारा मध्यपूर्वमा उडानहरू पुनः सुरु

एजेन्सी– भारतीय एयरलाइन्सले युद्धका कारण मध्य पूर्वका देशहरूमा रोकिएका हजारौं