कांग्रेस उपसभापति खड्काको गृहजिल्लामा शेखरलाई भव्य स्वागत « Khabarhub

कांग्रेस उपसभापति खड्काको गृहजिल्लामा शेखरलाई भव्य स्वागत


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा वरिष्ठ नेता शेखर कोइराला बिहीबार आउँदा कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन् । 

नेपाली कांग्रेस संस्थापन पक्षका शेरबहादुर देउवा निकट मानिने र भावी सभापतिको उम्मेदवारका रूपमा हेरिएका खड्काको गृह जिल्लामा कोइराला आउँदा कार्यकर्ताले बाजागाजासहित कोइरालाको भव्य स्वागत गरेका हुन् । 

कोइरालालाई स्वागतका संस्थापन इतरका नेता तथा प्रतिनिधिसभा सदस्य हृदयराम थानीले नेतृत्व गरेका थिए । कोइरालालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा नै बाजागाजासहित नेता कार्यकर्ताको लर्को लागेको थियो । 

संस्थापन इतरका रूपमा चिनिने थानी निकै उत्साहित भएका थिए । संस्थापन पक्ष निकट रहेका कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही पनि स्वागतका लागि विमानस्थलमा पुगेका थिए । 

त्यस्तै, सयौँ नेता कार्यकर्ताहरू कोइराला स्वागत गर्न पुगेको देखेर उनी निकै उत्साहित देखिन्थे । 

कोइराला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज र भोलि बस्ने कार्यक्रम रहेको छ । उनले आज बिहान पार्टी कार्यालय सुर्खेतमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरेका छन् । 

भोली फागुन ९ गते नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय केन्द्रीय विभागले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

कोइराला उपसभापति खड्काको गृह जिल्लामा नेता कोइरालाले १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार आफू नै रहेको बताए । उनले २०८४ को आम निर्वाचनपछि महाधिवेशन भए पार्टी कमजोर हुने बताए । 

‘कांग्रेस एक ढिक्का छ । हामी एउटै ठाउँमा छौँ । मैले धेरै पटक भनिरहेको छु कि समयमै महाधिवेशन गरौँ । पार्टी विधान र संविधानभन्दा बाहिर जानु हुँदैन । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ,’ उनले भने । 

गत शुक्रबार सभापति शेरबहादुर देउवा निकटका ११ नेताले गत शुक्रवार १५औँ महाधिवेशनको रणनीतिबारे छलफल गरेका थिए ।

कोइरालाले गत महाधिवेशनमै देउवालाई समर्थन गरेका नेताको जमघट भएकाले त्यसलाई आफू सभापतिको उम्मेदवार हुन फरक नपार्ने बताए । 

‘११ भाइको सक्रियताको कुरा उठ्यो, १४ औँ महाधिवेशनमा पनि उहाँहरूले देउवालाई सर्पोट गरेकै हो,’ उनले भने, ‘१५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा मेले गरिसकेको छु ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  २ : १४ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा