१३ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, निर्यात ४६ प्रतिशत « Khabarhub

१३ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, निर्यात ४६ प्रतिशत


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा नेपालको वैदेशिक व्यापार १३।३० प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको आयात र निर्यात दुवै बढ्न पुगेको छ ।

गत आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार रुपैयाँ बराबरको भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रुपैयाँ बराबरको भएको हो ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालमा ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार बराबरको भएको थियो । गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा नेपालमा १०।०९ प्रतिशत बढी आयात भएको भन्सार विभागले जनाएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको ७ महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालबाट ४६।५० प्रतिशत बढी निर्यात भएको छ । विभागको तथ्यांकअनुसार नेपालबाट माघ मसान्तसम्म १ खर्ब २७ अर्ब २० करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ मात्रैको निर्यात भएको थियो ।

सबैभन्दा धेरै आयात हुने वस्तुमा डिजेल अगाडि, निर्यातमा सोयाबिन तेल

विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुमा डिजेल रहेको छ । उक्त अवधिमा नेपालमा ६६ अर्ब ४८ करोड २ लाख १५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।

सोही अवधिमा ३७ अर्ब ६४ करोड १५ लाख २४ हजार रुपैयाँ बराबरको पेट्रोल, ३५ अर्ब ४७ करोड ६५ लाख ७५ हजार रुपैयाँ बराबरको खाना पकाउने ग्यास, ३१ अर्ब ६८ करोड ९२ लाख ६१ हजार रुपैयाँ बराबरको सोयाबिन तेलको कच्चा पदार्थ र २९ अर्ब ९५ करोड ४ लाख ९६ हजार रुपैयाँ बराबरको फलामको कच्चा पदार्थ आयात भएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुहरुमा सोयाबिनको तेल रहेको छ । सो अवधिमा नेपालबाट सोयाबिन तेल र सोको कच्चा पदार्थ ३२ अर्ब ४१ करोड ५७ लाख २१ हजार रुपैयाँ बराबरको भएको छ । त्यस्तै, सोही अवधिमा सनफ्लावर तेल तथा दाना ६ अर्ब ५७ करोड ६७ लाख ९४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

अन्य निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, कार्पेट, कालोचिया, फलामे डन्डी लगायतका वस्तु रहेका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ३ : ०२ बजे

लुहान्स्क ‘पूर्ण रूपमा स्वतन्त्र’ भएको रूसी नेता पुटिनको दावी

मस्को – रुसी सेनाले लुहान्स्क पिपुल्स रिपब्लिकको ‘पूर्ण स्वतन्त्रता’ को

विश्वकप पावर र्‍याङ्किङमा स्पेन शीर्ष स्थानमा, अर्जेन्टिना तेस्रोमा झर्‍यो

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ चरण सुरु

मोरङ विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु

मोरङ – मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना

इरानमा तीन दशक शासन चलाएका आयातोल्लाह अली खामेनेईको अन्त्येष्टि सुरु

काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा