ट्रम्पको भनाइ र एमसीसीबारे संसदीय समितिमा दुई ज्ञानेन्द्रबीच सवाल-जवाफ « Khabarhub

ट्रम्पको भनाइ र एमसीसीबारे संसदीय समितिमा दुई ज्ञानेन्द्रबीच सवाल-जवाफ


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- अमेरिकाले नेपालसहित विश्वका कयौँ देशमा सञ्चालित परियोजना एकपछि अर्को गर्दै रोकिरहेको छ।

बुधबार मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिँदै आएको वित्तीय संघीयता कार्यान्वयन र जैविक विविधता संरक्षणबारेको अर्बमाथिको अनुदान रोकेपछि बिहीबार संसद्‍मा जुहारी चलेको हो ।

ट्रम्पले नेपाललाई दिएको सहयोगलाई ठगी भन्दै टिप्पणी गरेको सन्दर्भमा बिहीबार नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीबीच दोहोरी चलेको हो।

प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा कार्की र शाहीबीच दोहोरी चलेको हो । खासमा आजको बैठक भन्सार ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफलका लागि डाकिएको थियो।

तर शाहीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको वित्तीय संघीयताबारे दिएका कडा अभिव्यक्ति, अमेरिकी सहयोग परियोजना एमसीसी स्थगित र संसद्मा एमसीसी पास गर्दा कांग्रेस महामन्त्री गगन थापाले कपाल मुडेर डाँडा कटाउनु भनेर दिएका विषयबारे शाहीले बोलेका थिए ।

कार्यसूचीभन्दा बाहिरको कुरा शाहीले बोल्दै कांग्रेसलाई पनि आरोपित गरेपछि विवाद भएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालको संघीयताका लागि दिइएको अनुदानलाई बुधबार ‘ठगी’ को संज्ञा दिएका थिए । उनले त्यसलाई रद्द गर्ने निर्णय बुधबार नै सुनाए ।

उनले बुधबारको भाषणमा नेपालमा वित्तीय संघीयता सुदृढीकरणका लागि दिइएको २ करोड डलर र जैविक विविधता संरक्षणका लागि विनियोजन गरिएको १ करोड ९० लाख डलर अब नदिने बताएका थिए । त्यही विषयलाई शाहीले संसदीय समितिमा छिराए ।

शाहीले नेपालमा एमसीसी परियोजना रोकिएको कुरा झिक्दै हस्ताक्षर गर्ने नेपालका व्यक्तिहरूबारे सोधेका थिए । त्यसक्रममा एमसीसीमा तत्कालीन अर्थमन्त्रीका रुपमा हस्ताक्षर गरेका कार्कीले ‘म हुँ’ भन्दै जवाफ फर्काए ।

‘हाम्रो पैसा त खेर गयो नि ! आज लथालिङ्ग भएका छन् कयौँ आयोजना,’ शाहीले प्रश्न गरे, ‘यो सेतो भ्रष्टाचार भएको हुनाले सिग्नेचर गर्ने को-को हुन् ? पास गरौँ भनेर हुलदंगा गर्ने को-को हुन् ? के के यसो ‘मेनिफेस्टो’ ल्याउने को-को हुन् ?’

सांसद शाहीले पटक पटक प्रश्न गरिरहेपछि कार्कीले ‘मै हो’ भन्दै जवाफ दिए । फेरि कार्कीले भने ‘सिग्नेचर (हस्ताक्षर) गर्ने म नै हो ।’

कार्कीसँग सवाल जवाफपछि सांसद शाहीले कांग्रेस महामन्त्री गगनकुमार थापालाई निशाना साँधे । एमसीसी संसद्‍‍बाट पास गर्ने क्रममा गगनको भनाइबारे शाहीले भने ‘एउटा गीत थियो अमेरिका जाऔँ, चीन जाऔँ, ६० अर्ब मागौँ, भारत जाऔँ ५० अर्ब मागौँ । अमेरिकाले चिलिम देखाइदियो । अब देश छोडेर भागौँ भन्ने भएको छ । एमसीसी भनेर धेरै कराउनु भएको थियो त्यतिबेला ।’

शाहीले निर्धारित विययबस्तु बाहिर गएर बोलिरहेपछि अरु सांसदहरूले हस्तक्षेप गरे । सांसदहरू सूर्य थापा, कल्पना चौधरी र नारायणी शर्माले आपत्ति जनाउँदै शाहीलाई रोके । त्यसपछि सभापति सन्तोष चालिसेले आगामी छलफलमा विषयवस्तु बाहिर गएर बोले तत्काल रोक्ने रबताए । उनले अबदेखि विषयवस्तुमै छलफल गराउने बचन दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : ३१ बजे

मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन शाहको शुभकामना- नेपाल आमा हाँसेको हेर्न चाहन्छु

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाहरूमा शुभकामना

मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

धनुषा– मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । 

गैँडाको खागसहित चार जना पक्राउ

इनरुवा– सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार

एकैदिन ५३ वटा फर्ममा विभागको अनुगमन

काठमाडौं– आक्रामक रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,