नेपालले सात महिनामा १४ अर्बको धान र साढे ९ अर्बको मकै बेसायो, कुन कृषि उपज कति आयात ? « Khabarhub

तथ्याङ्कमा कृषि परनिर्भरता

नेपालले सात महिनामा १४ अर्बको धान र साढे ९ अर्बको मकै बेसायो, कुन कृषि उपज कति आयात ?


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘कृषिप्रधान देश’को नारा नछाडेका नेपालीले खेतबारी बाँझो राखेर चालु आर्थिक वर्षको सात महिनामा १४ अर्बको धान र साढे ९ अर्ब रुपैयाँभन्दा बढीको मकै बेसाएका छन् ।

धान र मकै नेपालका प्रमुख खाद्यबाली हुन् । देशमा वृहत् उत्पादन सम्भावना रहेका अधिकांश कृषि उपज पनि ठूलो मात्रामा आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ७ महिनामा ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख २९ हजार रुपैयाँ बराबरका विभिन्न वस्तु आयात भएकोमा खर्बभन्दा बढीको कृषि उपज आयात भएको हो ।

तथ्याङ्क अनुसार; माघ मसान्तसम्म नेपालमा आयात भएका मुख्य कृषि उपजमध्ये सबैभन्दा धेरै सोयाबिन तेलको कच्चापदार्थ (भटमास) आयात भएको छ । सनफ्लावर (सूर्यमुखी) तेलको कच्चापदार्थ, लसुन, आलु र चामल लगायत धेरै खाद्यपदार्थ पनि ठूलो मात्रामा आयात गरिएको छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालमा सोयाबिन तेलको कच्चापदार्थ सबैभन्दा धेरै अर्थात् ३८ अर्ब २९ करोड ७३ लाख ९२ हजार रुपैयाँ बराबरको आयात भएको हो । साथै, सोही अवधिमा तीन अर्ब ६८ करोड ४३ लाख ९० हजार रुपैयाँ बराबरको भिन्दै सोयाबिन पनि आयात भएको छ ।

सात महिना अवधिमा नेपालमा कृषिजन्य वस्तुमध्ये सनफ्लावर तेलको कच्चा पदार्थ दोस्रो धेरै मूल्य बराबर अर्थात् १७ अर्ब १३ करोड ९६ लाख ६८ हजार रुपैयाँ बराबरको आयात भएको हो ।

यही अवधिमा ३२ अर्ब बढीको सोयाबिन तेल र साढे ६ अर्ब बढीको सन फ्लावर तेल नेपालबाट निर्यात भएको छ । नेपाली व्यवसायीहरूले यूरोपेली मुलुकबाट सोयाबिन र सनफ्लावरका दाना ल्याएर प्रशोधन गरी भारत लगायत देशमा निर्यात गर्ने गर्छन् ।

क्र.सं.बस्तुमूल्य
१.सोयाबिन तेलको कच्चापदार्थ३८,२९,७३,९२,०००
२.सन फ्लावर तेलको कच्चापदार्थ१७,१३,९६,६८,०००
३.धान१४,५१,९६,२३,०००
४.मकै९,४१,९९,५०,०००
५.लसुन६,२६,५४,३२,०००
६.चामल (बासमती सहित)१०,७७,३४,१०,०००
७.आलु५,४९,४५,५६,०००
८.स्याउ५,००,३०,९३,०००
९.सोयाबिन३,६८,४३,९०,०००
१०.पाम तेलको कच्चापदार्थ३,४१,३०,६२,०००
सात महिनामा आयात गरिएका कृषिजन्य मुख्य १० उत्पादन ।

नेपालबाट निर्यात नभएका र नेपालमा नै उत्पादन हुनसक्ने कृषिजन्य वस्तुहरू पनि ठूलो मात्रामा आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । बीउ बाहेकको धान नै १४ अर्ब ५१ करोड ९६ लाख २३ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

यो अवधिमा धानबाहेक चामल पनि ठूलो मात्रामा आयात भएको छ । सात महिनामा १० अर्ब ७७ करोड ३४ लाख १० हजार रुपैयाँ बराबरको बासमती सहितका चामल आयात गरिएको हो ।

नेपालको पहाडदेखि तराईसम्म प्रशस्त उत्पादन सम्भावना रहेको मकै नै ९ अर्ब ४१ करोड ९९ लाख ५० हजार रुपैयाँ बराबरको आयात भएको छ । मसलाजन्य समूहमा पर्ने लसुन ६ अर्ब २६ करोड रुपैयाँ बराबरको आयात भएको छ ।

नेपालको स्याउले राम्रो मूल्य प्राप्त गर्न नसकेको, आवश्यक भण्डार र ढुवानी लगायत समस्या किसानले व्यहोरिरहेको आवाज उठिराख्दा यो अवधिमा नेपालमा ५ अर्ब ३० लाख ९३ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ ।

यद्यपि भन्सार विभागले उल्लेख गरेभन्दा गुणात्मक मात्रामा नेपालमा आयात भएको आकलन हुने गरेको छ । न्यून बिजकीकरण, भन्सार छली र तस्करीका माध्यमबाट यथार्थ आयातभन्दा झण्डै दोब्बर बढी रकम बराबरको सामान नेपालमा भित्रिने गरेको अर्थशास्त्रीहरूले बताउँदै आएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : १२ बजे

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन