यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय | Khabarhub Khabarhub

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले एउटै प्रकृतिको कामका लागि स्थापना भएका फरक फरक संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । 

फागुन ६ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले सार्वजनिक खर्च पुनरावलोकन आयोग, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग र एउटै प्रकृतिको कामका लागि स्थापना भएका फरक फरक संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदनले सिफारिस गरेका सुझावहरूको कार्यान्वयनका लागि मन्त्रीपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ भने फागुन १२ बाट जेनेभामा हुने संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को ५८ औँ सत्रमा भाग लिन परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद्ले नेपाल सरकार र ओमान सरकारबीच हुने पर्यटन क्षेत्रमा सहयोग आदान प्रदानसम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ भने नेपाल र अमेरिकाबीच हुने पुरातात्त्विक र समुदायको संस्कृतिसँग सम्बन्धित सामाग्रीहरूको ओसारपसार तथा आयात प्रतिबन्ध सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 

बैठकले मानव बेचबिखन तथा ओसारपसार(नियन्त्रण) ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने र औद्योगिक व्यवसाय(पहिलो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : ४३ बजे

काठमाडौं-तराई\मधेस द्रुतमार्गको समस्याबारे प्रधानमन्त्रीसँग छलफल 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु

बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

गण्डकी– पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता

कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्षीद्वारा अवरुद्ध

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । सोमबार बसेको

लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल मुलुकका केही स्थानका

‘जदौ’मा साम्राज्ञीपछि मुकुनको प्रवेश

काठमाडौं – निर्देशकको नाम गोप्य राखिएको फिल्म ‘जदौै’ नायक मुकुन