लेबनानविरुद्ध साम्बाको सेलिब्रेशन (तस्बिरहरू) « Khabarhub

लेबनानविरुद्ध साम्बाको सेलिब्रेशन (तस्बिरहरू)


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत लेबनानविरुद्धको खेलमा नेपालले अग्रता बनाएको छ।

नेपालका लागि कर्णर किकपछि रिबाउन्ड भएको बललाई सदुपयोग गर्दै चर्चित स्ट्राइकर सावित्रा भण्डारी साम्बाको प्रहार गोलमा परिणत भएको हो ।

खेलको ४१ औँ मिनेटमा साम्बाले डी बक्स बाहिरबाट प्रहार गरेको बल लेबनानी खेलाडीको खुट्टामा ठोक्किँदै डिफ्लेक्ट भएर जाली चुम्न पुगेको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको हो । रश्मी तामाङलाई आराम दिएपछि प्रशिक्षकले साम्बालाई सुरुवातमै उतारेका थिए ।

नेपाली प्रशिक्षकले लेबनानविरुद्धको खेलमा निशा थोकर र रश्मीकुमारी घिसिङलाई विश्राम दिए। कीर्गितस्तानविरुद्धको खेलमा निशा घाइते भएकी छन्।

रश्मीलाई आराम दिएपछि चर्चित स्ट्राइकर सावित्रा भण्डारी सुरुवातमै आएर गोल पनि गरिन् । पहिलो खेलमा सावित्रा दोस्रो हाफमा मैदान छिरेकी थिइन् ।

बिहीबार म्यान्मारसँग फराकिलो हार भोगेको कीर्गिस्तानलाई नेपालले पहिलो खेलमा १–० को झिनो अन्तरले हराएको थियो ।

लिग चरणमा शीर्ष दुई स्थानका टोलीले फाइनल खेल्नेछन्। अंक तालिकामा म्यानमार शीर्ष स्थानमा छ । गोल संख्यामा पछि परेर नेपाल दोस्रोमा छ।

लेबनानलाई हराए नेपाल सिधै फाइनलमा जानेछ । हारेमा प्रतियोगिताकै बलियो म्यानमारविरुद्ध जित निकाल्नुपर्छ ।

प्रतियोगितमा म्यानमारले बिहीबार नै कीर्गिस्तानलाई ५-० ले हराउँदै लगातार दोस्रो जित निकालेको छ । चार देश सम्मिलित प्रतियोगितामा नेपाल एक खेलमा तीन अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ७ : १२ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई